मुलुक संकटमा, स्क्याभेटर र टिपरले राप्ती ढाकियो, क्रसर ब्यबसायी अवैध उत्खनन्मै ब्यस्त



टेकबहादुर पुन – दाङ–देश यतिबेला लकडाउन सँगै कोरोना भाईरसले गर्दा संकटमा छ । अत्याबस्यक बाहेक सबै बन्द छन् । तर, क्रसर ब्यबसायी हरु भने नदिजन्य पदार्थ उत्खनन् मा ब्यस्त छन् । दाङ्गको गढवामा हुलाकी सडक निर्माणको नाममा धमाधम नदिजन्य पदार्थको अबैध उत्खनन् गरिएको छ । नेपाल सरकारले दाङ्गको काँलाकाटे देखि पश्चिमतर्फ करिब ४० किलोमिटर हुलाकी सडक चौडा गर्दैछ । अहिले लकडाउन भएसँगै उक्त सडक निर्माण कार्यपनि रोकिएको छ । तर, त्यही सडक निर्माण कार्यमा प्रयोग गर्ने भनी नदिजन्य पदार्थ उत्खनन् गरि क्रसर उद्योगमा डम्पिङ्ग गरिएको छ ।

लकडाउनको अवज्ञा गर्दै गढवामा नदीजन्य वस्तुको उत्खनन् गरिएको हो । क्रसर उद्योगले राप्ती नदीमा दुई ओटा स्क्याभेटर प्रयोग गरेर नदीजन्य वस्तुको अवैध उत्खनन् गरेको पाइएको हो ।

लकडाउन भएको मौका छोपेर गढवा गाउँपालिका वडा नं. ५ मा रहेको समृद्धी क्रसर उद्योगमा नदीजन्य वस्तुको उत्खनन् गरेको भेटीएपछी गाउँपालिकाले उत्खनन् बन्द गराएको छ । तर, उत्खनन्मा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिइएको छैन् । गाउँपालिकाका अध्यक्ष सहजराम यादवले तत्काल प्रहरीलाई खबर गरि प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिन निर्देशन दिएपनी प्रहरीले पक्राउ भने गरेको छैन । “मैले थाहा पाउने बित्तिकै प्रहरीलाई अनुरोध गरे, काम रोकिएको छ तर पक्राउ गरिएको रहेन छ अध्यक्ष यादबले भने-यस बिषयमा म बुझ्छु, कसैलेपनि चोरी निकासी गर्न पाउँदैन ।”

बिहान ईलाका प्रहरी कार्यालय गढवाको टोली पुग्दा उत्खनन् रोकिएपनि दिउँसो फेरि उत्खनन् गरिएको पाईएको छ । पत्रकारको टोली राप्ती नदिमा पुग्दा उही गतिबिधि देखिएको हो । पत्रकार पुग्दापनी राप्तीमा छरिएर रहेका सवारी साधानलाई क्रसरमा बोलाई काम बन्द गरियो ।

मुलुक संकटमा परेको बेला पनि यसरी अवैध काम गरेको देखेपछी गाउँपालिका अध्यक्षलाई स्थानियले फोन गरी जानकारी गराएका थिए । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरत सिँह राँठौरले भने नदिजन्य पदार्थको उत्खनन् बैधानिक रहेको बताए । “उत्खनन् गरिएको नदिजन्य पदार्थ हुलाकी सडकमै प्रयोग हुन्छ, अहिले डम्पिङ्ग गर्न नसके पछि अभावले गर्दा काम रोकिने अबस्था अाउन सक्छ प्रहरी प्रमुख राठौरले भने-पूरा मेनपावरको अाबश्यक छैन, ड्राईभरको काम मात्र हो, त्यही किसिमको उनिहरु सँग स्वीकृती छ ।”


उनले जिल्ला समन्वय समिती र जिल्ला प्रशासन कार्यालयको अनुमतीबाट उत्खनन् गरिरहेको जानकारी दिए । प्रदेश नम्बर ५ को कार्यबिधीमा नदिजन्य पदार्थ उत्खनन् का लागि स्थानिय सरकारले स्वीकृत दिन मिल्ने भनी लेखिएको छ । जसका लागि समन्वय समिती र जिल्ला प्रशासन कार्यालयको कुनै किसिमको हक अधिकार देखिदैन ।

कार्यबिधि अनुसार गौरबको योजनामा स्क्याभेर प्रयोग गर्न अनुमती भएपनी क्रसर उद्योगमा डम्पिङ्ग गर्न नमिल्ने स्पष्ट छ, त्यहीपनि देशनै लकडाउन भएको समयमा उत्खनन् गर्नु कतिको जायज हो? यसतर्फ स्थानिय सरकारको ध्यान जान जरुरी छ । उता जिल्ला प्रशासन कार्यालय दाङ्गका प्रमुख गोबिन्द प्रसाद रिजालले नदिजन्य पदार्थको उत्खनन् अनुमतीका लागि स्थानिय सरकारको अधिकार भित्र पर्ने जानकारी दिए । उत्खनन् गर्नुस भनेर हामीले कसैलाई भनेको छैन, उक्त कुरा हाम्रो अधिकार भित्रपनि पर्दैन सिडिअो रिजालले स्पष्ट पारे । उनले भने अबैध उत्खनन् नै छ भने कारबाही गर्नुस भनेर जानकारी अाएको खण्डमा हामीले कारबाही चाहिँ गर्छौ, तर त्यस किसिमको जानकारी अाएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्