मुख्य समाचार

प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्मा प्रभाकरले आफैलाई मतदान गरे

By थाहा अनलाइन

November 26, 2017

सैघाली खबर रुकुम ,१० मंसिर

माओवादी केन्द्रका नेता तथा पश्चिम रुकुमका प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्मा प्रभाकरले आफैलाई मतदान गरेका छन् । निर्धारित ७ बजे भन्दा केही ढिला गरी उनले सदरमुकाम मुसिकोट नगरपालिका ५ को यमुनानन्द नमूना मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।विना विभागीय मन्त्री समेत रहेका प्रभाकरले माओवादी केन्द्र र एमालेका साँझा उम्मेदवार हुन् ।