भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो, १ हजार २४ जना संक्रमित



काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट छिमेकी भारतमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।१ हजार २४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ जनाले उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

बढ्दो संक्रमणलाई लक्षित गरी भारत सरकारले २१ दिन लक डाउन गरेको छ । अहिले लकडाउन जारी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको संक्रमणबाट आफैं सचेत भएमात्र बाँच्न सकिने भन्दै नागरिकलाई सचेत र सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्