कतारमा हुनुहुन्छ ? अब कतारी आइडी नभए पनि निःशुल्क उपचार , क्वारेन्टाइनमा बस्दा पनि तलब पाइने



काठमाडौं । पछिल्लो समय विश्वभर फैलीएको कोरोनाले विभन्न देश चपेटोमा परेका छन् । चीनबाट सुरु भएको यो महामारीले विश्व नै त्रसित भएको छ । विभन्न ठाउँका मानिसहरु जताततै अलपत्र परेका छन् । कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ ।

यस्तै ७ लाख २१ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वका २ सय भन्दा बढी मुलुकमा संक्रमण फैलिदा बिरामी परेकामध्ये उपचारपछि १ लाख ५० हजार ९ सय ३९ जना निको भएर घर फर्किएका छन् ।यसैबीच कतारले कोरोना भाइरस कोभिड १९ को कुनै लक्षण देखिए वा पोजेभिटभ देखिएमा कतारी आइडी नभए पनि सबै श्रमिकलाई निःशुल्क उपचार गर्ने कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचना अनुसार यदि ज्वरो, खोकी वा सास फेर्न गाह्रो भएमा तुरुन्त अरुबाट अलग बसी कतार सरकारको कोभिड १९ को हटलाइन नम्बर १६००० मा सम्पर्क गर्न सकिनेछ । आपतकालीन अवस्था भएमा ९९९ मा फोन गर्न सकिने पनि मन्त्रालयले जनाएको छ ।

ज्वरो, खोकी वा सास फेर्न गाह्रोे हुने लक्षण देखा परेमा, आफूसँग सम्पर्क भएको व्यक्तिहरुमा सम्पर्क हुँदा बखत भाइरसको कुनै लक्षण नखेखिएको भएतापनि अहिले ती व्यक्तिमा कोभिड १९ पोजेटिभ देखिएमा कतारको स्वाथ्य मन्त्रालयको हटलाइन सम्पर्क गर्न कतार सरकारले अनुरोध गरेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोनाको कारण अलग बस्दा,क्वारेन्टाइनमा बस्दा वा उपचारमा रहँदा पनि कतारले सबै श्रमिकलाई आधारभूत तलब र भत्ता दिने मन्त्रालयले जनाएको छ ।सरकारको आदेश अनुसार बन्द भएका विभिन्न क्षेत्रमा कार्यरत श्रमिकले तलब आधारभूत सेवा खाने बस्नेजस्ता भत्ता पाउनेछन् । यस्तो तलब भत्ता सबै कामदारले पाउने मन्त्रालयले जनाएको छ ।

कतार आइडीको म्याद थप्न वा अवस्था थाहा पाउन मेट्रास २ एप्लिकेसन प्रयोग गर्न र श्रमिकलाई आफ्नो काम वा आवास समबन्धि कुनै समस्या भएमा कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कतारमा कोरोना भाइरसबाट १ जनाको मृत्यु र संक्रमितको संख्या ६३४ पुगेको छ । त्यस्तै अहिले सम्म ४८ जना निको भएर घर फर्केका छन् भने १८ हजार ८७७ जनाको स्वास्थ्य जाँच गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतार सरकारले सबै आप्रवासीहरुलाई सहजता होस् भनेर विभिन्न भाषामा थुप्रै सूचना एवं संदेशमुलक जानकारीहरु प्रचार प्रसार समेत गरिरहेको छ । कोरोनाबाट सबै भन्दा बढि इटली र अमेरिका चपेटोमा परेका छन् । यता नेपालमा भने अहिले सम्म ५ जनामका संक्रमण देखिएको छ । फैलन नदिन नेपालमा लकडाउन गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्