घर जान नसकेका श्रमिकलाई गन्तब्यमा पुर्याउने ब्यबस्था गर्न ट्रेड युनियनको आग्रह



नुवाकोट, चैत्र १७
नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले काेभिड -१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण सयाैं श्रमिकहरु समस्यामा परेको भन्दै उनिहरुका लागि राहतको भरपर्दो प्रबन्ध गर्न र गन्तव्यमा पुग्न नसकेकाहरुलाइ गन्तव्यमा पुर्याउने ब्यबस्था गर्न माग गरेको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटका अध्यक्ष शिव देबकाेटाद्वारा साेमबार जारी प्रेस विज्ञप्तिमा लकडाउनका कारण श्रमिकहरु सबै भन्दा बढि समस्यामा परेकाले तत्काल राहतका कार्यक्रमहरु ल्याउन माग गरिएकाे छ । बिज्ञप्तिमा नुवाकाेटमा बिशेष गरेर निर्माण क्षेत्रमा काम गर्ने र दैनिक ज्यालादारी गरेर परिवारको भरणपाेषण गर्दै अाएका श्रमिकहरु प्रभाबित भएकाले लकडाउन अबधिभर उनिहरुकाे भरणपाेषणकाे जिम्मेवारी लिन स्थानीय तहहरुलाई आग्रह समेत गरिएको छ ।

बिज्ञप्तिमा काेराेना संक्रमण राेकथामका लागि लकडाउनकाे पूर्ण पालना गर्नु सबैको कर्तब्य भएकाले सरकारका कदमहरु अाफू,आफ्नो परिवार,समाज र सिंगाे देशकाे रक्षाका लागि हाे भन्ने साेचेर सबैले परिपालना गर्नुपर्नेमा समेत जाेड दिईएकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्