अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जना प-क्राउ



बीरेन्द्रनगर नगरपालिका(९ लाटिकोइलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम १ सय मिलि ग्राम, नगद १ लाख १२ हजार ९ सय ४५ रुपैयाँ र डिजिटल तराजु १ थान सहित सोही ठाउँ बस्ने २७ वर्षीया शारदा महतरालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित खाजा पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले पसलमा बसिरहेकी उनलाई उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।

साथै अनुसन्धान गर्ने क्रममा बीरेन्द्रनगर नगरपालिका(९ बस्ने २२ वर्षीय बिकाश मानान्धर र बीरेन्द्रनगर नगरपालिका(३ बस्ने सुनिल थारुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्