कांग्रेस प्रमुख सचेतक खाणद्वारा स्वास्थ्य मन्त्रीलाई सुझाव




काठमाण्डौँ, चैत्र १७
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय बालकृष्ण खाणले आज नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भानुभक्त ढकाललाई टेलिफोन सम्पर्क गरी कोरोना भाईरस नियन्त्रण, न्यूनिकरण एवं उपचारका लागि सरकारले ल्याएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु अविलम्ब सबै प्रदेशहरु र जिल्लाहरुमा पु¥याउनका लागि ध्यानाकर्षण गराउनु भयो । साथै देश भरका सबै स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री वितरणका लागि थप गुणस्तरीय र प्रभावकारी सामग्रीहरुको यथाशीघ्र व्यवस्था गर्नुपर्ने सुझाव दिनु भयो ।

वार्ताको क्रममा कोरोना भाईरस महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा रहेका चिकित्सक, नर्स तथा सबै स्वास्थ्यकर्मी लगायत सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरुको मनोबल उच्च राख्नका लागि सरकारको तर्फबाट सम्बोधन हुनु पर्ने कुरामा विशेष जोड दिनु भयो । त्यसै गरी निजी अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्रीहरु उपलब्ध गराई कोरोना भाईरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार अभियानमा सहभागी गराउनु पर्ने सुझाव राख्नु भयो ।

त्यस क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीले प्रमुख सचेतक खाणलाई नेपालमा ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु आज विहानबाट वितरण भइरहेको र साँझ सम्म सबै प्रदेशमा वितरण हुने र प्रदेशबाट सबै जिल्लाहरुमा वितरण हुने कुरा बताउनु भयो । थप स्वास्थ्य उपकरण तथा सामग्रीहरु २१ गते सम्म नेपाल आइपुग्ने समेत जनकारी गराउनु भयो । यसको साथसाथै निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई पनि कोराना भाईस रोकथाम, नियन्त्रण तथा उपचारमा सहभागी गराउने प्रकया भइरहेको जानकारी गराउनु भयो । मन्त्री ढकालले नेपाली कांग्रेसको सहयोग एवं साथको लागि धन्यवाद दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्