भारतबाट महाकालीमा पौडेर दार्चुला पुगेका व्यक्ति प्रहरी नियन्त्रणमा




काठमाण्डौँ, चैत्र १७
लकडाउनका कारण प्रशासनले महाकाली नदीमाथिको झोलुंगे पुलको ढोका नखोलेपछि धार्चुलामा रहेका एकजना महाकाली नदीमा हाम फालेर पौडी खेल्दै दार्चुला पुगेका छन् ।

उर्लँदो महाकाली नदीमा हाम फालेका उनी पौडेर सकुशल दार्चुला पुगेका छन् । धार्चुलामा अलपत्र परेका बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर १ कोटपेट्टराका ४८ वर्षीय ईन्द्रराज खत्री महाकालीमा नदीमा पौडेर दार्चुला प्रवेश गरेका हुन् ।

महाकाली नदीमा पौडेर धार्चुलाबाट दार्चुला प्रवेश गरे लगत्तै नदी किनारबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले प्रमुख जिल्ला अधिकारीसँग पुल खोल्न आग्रह गर्न महाकाली नदीमा पौडेर आएको प्रतिक्रिया दिए । महाकाली नदीमाथि रहेको झोलुंगे पुल बन्द हुदा पारी भारतको धार्चुलामा केही दिनदेखि सयौं नेपाली अलपत्र परेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्