कोरोना भाइरस रोकथामका लागि सचेत गराउदै प्रदेश सांसद तारालामा तामाङ



अशोक सार्की/कंचनपुर
विश्व नै यतिबेला प्राणघातकका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट त्रसित छ । हाल विश्वका विभिन्न देशमा हजारौंको संख्यामा मानिसहरुको मृत्यु भैसकेको छ । भने लाखौं मानिसहरु यो बाट संक्रमीत छन । र हजारौं मानिसहरु जीवन् मरणको रेखामुनि तड्पिरहेका छन । तसर्थ नेपालमा पनि यो महामारीले कुनै प्रकारको उग्ररूप नलिनदिने उद्देश्यले सरकारले सुरक्षार्थ विभिन्न कार्य गरिएको छ ।

यसै सन्दर्भमा सुदुरपश्चिम प्रदेश कंचनपुर निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्र्वािचत प्रदेश सांसद तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का कंचनपुर जिल्ला सचिव एवम् संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले पुनर्वास नगरपालिका अन्तर्गतका विभिन्न वडामा घरदैलोमा गएर कोरोना विरुद्ध सचेत भैरहन अनुरोध गरेका छन् ।

नेता लामाले कोरोनाभाइरस एक मानिसबाट अर्को मानिसमा सहजै सर्ने भएकाले तोकिएको लकडाउनको समयमा विशेष काम बाहेक घरबाहिर नजान समेत सचेत गराए । घर भन्दा बाहिर जादा वा कुनै किसिमको अत्यावश्यक सामान किन्न जाँदा एक अर्का व्यक्तिसंग ६ फिटको दूरी कायम गरि आफू, आफ्नो परिवार, समुदाय र देशलाई कोरोनाभाइरसको संक्रमणबाट बचाउन र जिम्मेवार नागरिकको भुमिका निर्वाह गरौं भन्दै सम्पुर्ण नेपालीमा अपिल समेत गरे ।

उनको अनुसार सरकारले नागरिकको स्वास्थ्य प्रति प्रतिबद्ध रहेको हुँदा कहि कतै पनि विचलित नहुन आग्रह गर्दै सहयोगका लागि आफूलाई प्रत्यक्ष सम्पर्क गर्नसकिने बताए । कोरोनाका बारेमा नागरिकलाई सरकारले गरेको निर्णय अनुरुप असुरक्षित गतिविधि नगर्न समेत आग्रह गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्