एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घा-इते



सिन्धुली, चैत १७
कमलामाई नगरपालिका-७ माझीटारस्थित सडकमा ज.१ च ७७७ नम्बरको एम्बुलेन्स सोमबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब ३५ फिट तल खसेर दुर्घटना हुँदा एम्बुलेन्समा सवार धनुषा सबैला नगरपालिका-४ पटेर्वा बस्ने २१ वर्षीय अनिल यादव लगायत ६ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ पठाइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्