‘हेभिवेट’ गरे मतदान



सैघाली खबर
काठमाण्डौ, १० मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा तर्फको पहिलो चरणको निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ ।३२ जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा मतदान जारी छ ।प्रमुख दलका प्रभावशाली र शीर्ष नेताले पनि आ आफ्नो क्षेत्रमा मतदान गरेका छन् ।

डा। बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले गोरखाबाट, अग्नी सापकोटाले सिन्धुपाल्चोक, योगेश भट्टराईले ताप्लेजुङ, रामहरि खतिवडाले ओखलढुंगा, वर्षमान पुनले रोल्पाबाट मतदान गरेका छन् ।

“आज मतदानका लागि विहान ७ बजेभन्दा अगाडिदेखि नै मतदाताहरु आ–आफ्ना मतदान केन्द्रमा पङ्क्तिबद्ध भई मतदानका लागि उत्साहका साथ प्रतीक्षामा रहेका थिए । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारी अनुसार शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ,” निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने ।

पहिलो चरणमा आज प्रदेश नं। १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं। ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं। ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं। ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं। ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं। ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका गरी जम्मा ४ हजार ४६५ मतदान केन्द्रहरुमा मतदान भइरहेको छ । यस पहिलो चरणको निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।
सबै तस्बिर फेसबुकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्