शरीर तन्दुरुस्तका लागि सुरक्षाकर्मीलाई अण्डा हस्तान्तरण



टेकबहादुर पुन, दाङ्ग ।

जनताको सुरक्षामा अहोरात्र खटिएको भन्दै लमहीका सुरक्षाकर्मी हरुलाई अण्डा र ब्रोईलर हस्तान्त्रण गरिएको छ । देउखुरी अण्डा तथा कुखुरा ब्यबसायी सँघले अाईतबार लमही नगर अन्तरगतका वडा प्रहरी कार्यालय लमही र शसस्त्र प्रहरी बल सिमा सुरक्षा अर्जुनखोला लाई अण्डा र ब्रोईलर हस्तान्त्रण गरेको हो । त्यस्तै ईलाका प्रहरी कार्यालय अमिलिया, प्रहरी चौकी रिहार, गोझेना र नर्तिमा पनि सँघ कार्यालयमै गई अण्डा र ब्रोईलर हस्तान्त्रण गरेको हो । कोरोना भाईरसले गर्दा मुलुक लकडाउनको समस्यामा रहेको बेला अहोरात्र जनतालाई सुरक्षा दिएको भन्दै हस्तान्त्रण गरिएको देउखुरी अण्डा तथा कुखुरा ब्यबसायी सँघका अजय न्यौपानेले जानकारी दिए ।

“उहाँहरु लाई पहिले भन्दा अहिले झन सुरक्षामा खटिनु परेको छ, त्यसका लागि शरीर स्वस्थ र तन्दुरुस्त हुन अाबश्यक छ न्यौपानेले भने-त्यसैले हामीले अण्डा र मासु हस्तान्त्रण गरेका हौँ ।” सबै सुरक्षा कार्यालयमा गरि २५ कार्टुन अण्डा र एकसय किलो ब्रोईलर बितरण गरिएको न्यौपानेले बताए । लमही नगर प्रमुख कुलबहादुर केसी र देउखुरी अण्डा तथा कुखुरा ब्यबसायी सँघका पदाधिकारीको सक्रियतामा अण्डा र ब्रोईलर बितरण गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्