युवा क्लबद्वारा स्वास्थ्य चौकीमा नि:शुल्क मास्क र हातधुने साबुन हस्तान्तरण



ओखरपाटा, रोल्पा । रुन्टीगढी गाउँपालिका ६ नम्बर वडामा रहेको बिहानी जागरण युवा क्लबले कोरोनाको पुर्ब सतर्कताका लागि स्वास्थ्य चौकीमा नि:शुल्क मास्क र हात धुने साबुन हस्तान्तरण गरेको छ । क्लबले हाल बिश्वब्यापी महामारी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को उच्च जोखिमलाई न्यूनीकरण गर्न रुन्टीगढी गापा अन्तर्गतका स्वास्थ्य चौकी डुब्रीङ र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा ५०/५० वटा माक्स र ५/५ वटा हातधुने साबुन हस्तान्तरण गरेको हो ।

क्लबले दुई वटा हेल्थपोस्ट सहित रुन्टीगढी गाउँपालिका ६ न. वडा (साबिक डुब्रीङ ३ नम्बर)का वडाबासीहरुलाई घरघरमा पुगी करिब ७५० वटा मास्क र ११० वटा हातधुने साबुन हस्तान्तरण गरेको क्लबक अध्यक्ष केशर बहादुर रावतले बताएका छन् । यो राष्ट्रिय संकटको घडीमा पनि गाउँमै सहज रुपमा मास्क उत्पादन गरि साबिक ३ न. वडा तथा स्वास्थ्य चौकी डुब्रीङ र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा मास्क र हातधुने साबुन हस्तान्तरण गरेको क्लबका सचिब दिपक बुढाले जानकारी दिए ।

स्वास्थ्य चौकी डुब्रीङका प्रमुख पुर्ण बहादुर बुढाले मास्क र साबुन हातमा लिदै क्लबले अत्यन्तै राम्रो काम सुरुवात गरेको खुसी व्यक्त गर्दै धन्यवाद प्रकट गरे ।
त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका इन्चार्ज दुद्दिजिबी सेजुवालले सहयोग सामान ग्रहण गर्दै यस्तो बिपत्तिको बेलामा स्थानीय सरकारले गर्नुपर्ने काम क्लबले गरेको भन्दै यो काम अनुकरणीय भएको बताए । क्लबले आगामी दिनमा पनि यस्ता काम गर्दै जाओस् भन्दै क्लबका सम्पुर्ण कार्यसमिति लाई धन्यवाद समेत दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्