मगर भाषा संस्कृति संरक्षणको खाँचो छ ः महरा



सैघाली खबर
दाङ, १० मंसिर । नेपाल सरकारका उपप्रधानमन्त्री एंव दाङ क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार कृष्ण वहादुर महराले सवै जाति, धर्म , वर्ग, भाषा– संस्कृति सद्भाव र समानता नै अधिकार कार्यन्वयन नै अबको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।

‘मगर संस्कार संस्कृति संरक्षण र प्रर्वद्धनका लागि ’ मगर भाषा, साहित्य तथा संस्कृति प्रतिष्ठान नेपालको दोस्रो साधारण सभा उदघाटन गर्दै नेता महराले यस्तो बताउनुभयो । उहाँले भन्नुभयो– ‘अधिकार आयो ,अब कार्यन्वयनको कार्यभार वाँकी छ । ’ संविधानले दिएको समानताको अधिकार कार्यन्वयन नै अबको मुल मन्त्र र आफुहरुको कार्यभार बाँकी रहेको बताउनुभयो । त्यो कार्यभार पुरागरी जनताको अधिकार र जनताको शासन निर्माण गर्ने संकल्ल्प लिएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘ मगर कला संस्कृति र चालचलन राष्ट्रिय चिनारी बनेकाले मगर भाषा संस्कृति संरक्षण र प्रर्वद्धन अति खाँचो छ । ’

प्रतिष्ठानका अध्यक्ष किर्तिमान पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा प्रमुख अतिथि समेत रहनुभएका नेता महराले मगर समुदायको चालनचलन र परम्पराहरु लोकप्रिय छन । तर राष्ट्रिय पर्वका रुपमा मनाउन नसकेको भन्दै उहाले भुमे पर्वका राष्ट्रिय पर्वका रुपमा विकास गर्न सकिने छ ।

चुनावी दौडधुपमा रहनुभएका महराले यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो मत र मताधिकार लाई सही सदुपयोग गरी मतदान गर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘ मुलुक स्थायित्व, समृद्धि र जनताको अधिकार लागि हामी उत्रिएका छौ । ’ त्यो जनताले सम्झनुहोला । त्यस्तै नेकपा एमाले स्थायी कमिटि सदस्य एंव क्षेत्र नं. २ का प्रदेश सभाका उम्मेदवार शंकर पोख्रेलले मुलुक समृद्धिको बाटो मोडिएकाले अबको ५ वर्षमै नेपाल सुन्दर र समृद्ध बन्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘ जनताको अधिकार र समृद्धि समाजवादको ल्याउने अबको हाम्रो मुख्य लक्ष्य पनि त्यही नै हो । ’ जनता अधिकार पखाईमा रहेको समृद्धिको आवाजमा जनता झुमिएको उहाँको भनाई थियो ।

मगर संस्कार र संस्कृति नै नेपाली मौलिकताको एक अंश रहेको उहाँले चर्चा गर्नुभयो । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङकी समानुपातिक उम्मेदवार दिल कुमारी पुन, नेतृ भिम कुमारी पुृन, सत वहादुर रोका, भोपलाल रोका, बरुण पुन र तिर्थ पुन लगाएतकाले भनाई राख्नु भएको थियो । केन्द्रका उपाध्यक्ष दुर्गा वुढाको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश पुनले गर्नुभएको थियो । भने केन्द्रका कोषाध्यक्ष सुरज वुढाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्