सुनवलमा अति विपन्न वर्गहरुलाई लक्षित गरि राहत सामाग्री वितरण गर्ने



नवलपरासी । सुनवल नगरपालिका कार्यालयले नगर भित्रका अति विपन्न वर्गहरुलाई लक्षित गरि राहत सामाग्री वितरण गर्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (Covid-19) को रोकथाम र नियन्त्रणका लागी मुलुकभर लकडाउन गरिएको अवस्थामा रोजगारीको अभावमा काम गर्न नपाएर दैनिक गुजारा गर्न नसकेका व्यक्तिहरुको पहिचान गरि तिनिहरुको विवरण चैत्र २० गते भित्र नगरपालिकाको कार्यालयमा पेश गर्न केन्द्रिय सरकारको निर्देशन अनुसार नगरपलिकाले नगरका १३ वटा वडामा नै सोमबार पत्र पठाएको छ । सोहि अनुसार आएका विवरणका आधारमा नगरपालिकाले विपन्न वर्गलाई संघिय र प्रदेश सरकारले प्रदान गर्ने राहत प्याकेजमा अझ थप गरि राहत वितरण गर्ने योजना रहेको नगरप्रमुख भिमबहादुर थापा क्षेत्रीले जानकरी दिए ।

Sunaol Nagarpalika

यस्तै सुनवल नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (Covid-19) को रोकथाम र नियन्त्रणका दैवी प्रकोप उद्धार विशेष कोष स्थापना गरेको छ । सो कोषमा अहिलेसम्म तिन लाख ६६ हजार ८ सय रुपैयाँ जम्मा भएको समेत नगरप्रमुख थापाले जानकारी दिए ।सुनवल नगरपालिकाले सुनवल नगरपालिका वडा नं. ११ मा अबस्थित प्रहरी युक्ति तालीम महाबिधालयमा नोभल कोरोना भाइरसलाई नियन्त्रण गर्ने हेतुले १०० बेड को क्वारेन्टाइन होम संचालनमा ल्याएको छ । सो निर्माण भएको क्वारेन्टाइनमा विभिन्न देशबाट आएका नगरभित्रका २४ जना व्यक्तिहरुलाई राखीएको छ ।

साथै क्वारेन्टाइन होममा रहुन्जेल आवास , खाना, आबश्यक चिकित्सक र स्वास्थ्यकर्मी लगायत अन्य आबश्यक सामाग्री सहित सबै खर्च नगरपालिकाले व्यहोर्ने वताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्