सैघाली खबर
काठमाण्डौ, १० मंसिर । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेपछि ३२ वटै जिल्लाका मतपेटिका सदरमुकामसम्म ओसार्न बढीमा तीन दिन लाग्ने बताएको छ।केही दुर्गम स्थानबाट मतपेटिका ओसार्न ढिला हुनसक्ने उनीहरुको भनाइ छ।
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन नसकिएसम्म ती मतपेटिकालाई ूविशेष सुरक्षा निगरानीूमा राखिने सुरक्षा अधिकारीहरुले बताएका छन्।
केही विकट, उच्च पहाडी र हिमाली जिल्लाका मतपेटिका भने हेलिकोप्टरबाट आइतबार साँझसम्ममा ढुवानी गरिसक्ने निर्वाचन तथा सुरक्षा अधिकारीहरुले जनाएका छन्।
चुनौती
दुवै चरणको निर्वाचन सकिएपछि एकसाथ मतगणना गर्ने निर्वाचन आयोगको तयारी छ।
त्यसैकारण आइतबारको मतदानपछि सबै मतपेटिका मंसिर २१ गतेसम्म सम्बन्धित सदरमुकाममा कडा सुरक्षा घेराभित्र राखिने निर्वाचन आयोगले जनाएको छ।
उत्तरी गोरखाको गुम्दा र ताप्लेजुङको यमफुदिङ्ग जस्ता कैयौँ हिमाली गाउँहरुबाट मतपेटिका ओसार्न दुईदेखि तीन दिनसम्म लाग्ने अधिकारीहरु बताउँछन्।
पछिल्लो समयमा बढेका सुरक्षा चुनौतीबीच मतपेटिकाको ढुवानी र सुरक्षाबारे आफूहरु सजग रहेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका एकजना आयुक्त सुधीरकुमार शाहले भने, ुुसुरक्षित रुपमा मतपेटिका सदरमुकामसम्म ल्याउने प्रयोजनका निम्ति विकट जिल्लाहरुबाट मतपेटिका ढुवानी गर्दा बढीमा तीन दिन लाग्ने हाम्रो आकलन छ। ढुवानीमा केही जोखिम छन् तर त्यसमा स्थानीय प्रशासन र सुरक्षाकर्मीले सतर्कता अपनाउनेमा हामीलाई विश्वास छ।ुु
आइतबार साँझ ५ बजे मतदान सकिएपछि राजनीतिक दल, स्वतन्त्र उम्मेदवार र निर्वाचन अधिकृतको रोहवरमा मतपेटिकाको मुचुल्का उठाए लगत्तै ढुवानी कार्य शुरु गर्ने जिम्मेवारी गृह मन्त्रालयले लिएको छ।
नेपाली सेनाले पनि आवश्यकता अनुसार मतपेटिकाको सुरक्षामा खटिने जनाएको छ।
सुरक्षा
सेनाका प्रवक्ता नैनराज दाहालले भने, ुुपैदल ढुवानी गर्ने अवस्था छ भने पैदल नै ओसार्ने व्यवस्था छ, बाटो राम्रो छ भने गाडीबाट पनि ढुवानी गर्ने व्यवस्था छ साथै विकट पहाडी भागमा गाह्रो र समय लाग्ने अवस्था रहेकोले हवाई साधनबाट समेत ढुवानीको व्यवस्था मिलाइएको छ।ुु
मतपेटिकाको सुरक्षा र ढुवानीमा समेत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चाहेमा आ(आफ्ना प्रतिनिधि राख्न पाउने व्यवस्था छ।
हेलिकोप्टरवाट मतपेटिका ओसार्ने व्यवस्था गरिएपनि हेलिकोप्टरवाट ढुवानी गर्दा दलका प्रतिनिधिका कारण अलिकति समस्या आउने देखिएको छ। त्यस्तो भएमा हिँडाएर ल्याउने हुन्छ। त्यसको पर्याप्त सुरक्षा व्यवस्था गरिनेछ
कतिपय ठाउँमा हेलिकोप्टरबाट मतपेटिका ओसार्न राजनीतिक दलहरुले असहमति जनाएको गृह मन्त्रालयले जनाएको छ।
त्यसको समाधानका उपायबारे गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ुुहेलिकोप्टरबाट मतपेटिका ओसार्ने व्यवस्था गरिए पनि हेलिकोप्टरबाट ढुवानी गर्दा दलका प्रतिनिधिका कारण अलिकति समस्या आउने देखिएको छ। त्यस्तो भएमा हिँडाएर ल्याउने हुन्छ। त्यसको पर्याप्त सुरक्षा व्यवस्था गरिनेछ।ुु
मतपेटिका ढुवानी गरेपछि प्रतिनिधि सभा र प्रदेश सभातर्फका मतपेटिका सकेसम्म छुट्टा(छुट्टै राख्ने व्यवस्था मिलाइएको छ।
मतपेटिका राख्न भरपर्दो भौतिक पूर्वाधार नभएका कतिपय स्थानमा निजी घरहरु समेत भाडामा लिइएको निर्वाचन आयोगले जनाएको छ।
आइतबार हुने निर्वाचनमा नेपाली सेनाका २८ हजार, नेपाल प्रहरीका २३ हजार, शसस्त्र प्रहरीका १५ हजार र करिब २४ हजार म्यादी प्रहरी खटिएको बताइएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।