मुख्य समाचार

आत्याधुनिक गाडी धुलाई सेवा सुरु

By थाहा अनलाइन

November 26, 2017

अमिता चौधरी दाङ, १० मंसिर 

 

 

 

 

राप्ती अञ्चल लाई मध्यनजर गर्दै दाङको घोराहीमा आईतवार देखी आधुनिक प्रविधि सहितको गाडी धुलाई सेवा सुरु गरिएको छ ।दाङका उद्यमी तथा व्यावसायी कमल पछाईले करिव १० लाखको लागतमा सञ्चालन गरिएको उक्त वासिङ सेन्टरको आईतवार उद्घाटन गरिएको हो सेन्टरको दाङ उद्योग वाणिज्य संघका नारायण भुसाल र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनले उद्घाटन गर्नुभएको थियो ।

त्यस अबसरमा बोल्दै भुसालले दाङको आवश्यकता लाई मध्यनजर गरेर सर्बसुलभ तरिकाले ग्राहक वर्गको सेवा परिपूर्ति गर्न व्यवसाय सञ्चालन गरेको वताउनुभयो । भुसालले दाङमा यस्ता खालका व्यावसायले जिल्लाको अर्थिक विकासका लागि सहयोग पु¥र्याउने भन्दै साना व्यावसायको विकास गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका सदस्य मिनराज भाट लगाएतले बोल्नु भएको थियो ।  वासिङ सेन्टरका सञ्चालक कमल पछाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य संघका सदस्य राम प्रसाद पोख्रेलले गर्नु भएको थियो ।