बाटो बारेर दोस्रो चरणको लगडाउनको कार्यान्वयन




सिसहनिया देउखरी दाङ/चैत्र १८
बढ्दो कोरना भाईरसको जोखीमबाट बच्न र बचाउन दोस्रो चरणको लकडाउनमा राप्ती गाउँपालिकाका ९ वटै वडामा सहायक बाटाहरुमा बार लगायर लगडाउनको कार्यान्वयन कडा गरिएको छ ।

सरकारको नियम, कानुन नमानेर कोरना भाईरसको जोखीम बृद्धि गर्न अनावस्यक रुपमा खुला हिडडुल गर्ने तथा सवारी साधन चलाउनेलाई रोक्नका लागि वडा कार्यालयहरुको पहलमा स्थानिय प्रहरी तथा टोल सुधार संस्था र गाउँ सुधार समितिको संक्रियतामा गाउँगाउँ जोड्ने बाटोमा बार र लगडाउनको कार्यान्वयन गराईएको वडा नं ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरीले बताए ।

हरेक वडाले आफ्नो वडाका बुद्धिजिवी, भद्रभलाद्मी, राजनैतिक पार्टि प्रतिनिधि, टोलसुधार समिति, गाउँ सुधार समिति, अगुगा लगायतलाई छलफल गराई अत्यावस्यक कामकालागि बाहेक हिडडुल गर्न रोक लगाईएको प्रबक्ता विद्याशरण चौधरीले बताए ।

राप्ती गाँउ पालिका राम्रो कृषि क्षेत्र समेत भएको र यो समय गहुँ, मसुरो र मकै भित्राउने समय भएकोमा कृषकहरु केहि खेतवारीमा देखीने भएकोले गाउँगाउँमा हाँक हालेर दुई ब्यत्ति विच दुरी कायम गर्ने, मास्क लगाउने र डिभभाड नगर्ने गरि सुरक्षित खेतिबाली ठाँउ लाउन अनुरोध गरिएको साथै गाँउमा बाहिरी जिल्ला बाट वा विदेशबाट आउनेलाई निगरानीमा राख्न टोलसुधार समिति, गाउँ सुधार समिति, अगुगा लगायतलाई जिम्मेवारी प्रदान गरिएको प्रबक्ता विद्याशरण चौधरीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्