छुट्टाछुट्टै सवारी दु-र्घटनामा परी ३ जनाको मृ-त्यु, २८ जना घा-इते



काठमाडौं, चैत १८
नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-१ स्थित सडकमा बा.६६ प ४६८३ नम्बरको स्कुटर मंगलबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँची ठाडा गाउँपालिका-३ बस्ने ३६ वर्षीय पदम बहादुर केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका केसीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

रामेछाप, खाँडादेवी गाउँपालिका-१ राकाथुम माझीगाँउमा बा.१४ च ९४९८ नम्बरको बोलेरो गाडी मंगलबार बिहान सडकबाट करिब १ सय ५० मिटर तल खस्न गई दुर्घटना हुँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका २ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २८ जनामध्ये २५ जनाको धुलिखेल अस्पतालमा र ३ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्