जनतालाई राहत दिन प्याकेजको घोषणा गर्न सरकारलाई कांग्रेसका युवा नेता ज्ञानेन्द्र प्रकाश गजुरेलको सुझाव



काठमाडौं- नेपाली कांग्रेसका युवा नेता ज्ञानेन्द्र प्रकाश गजुरेल ले कोरोना संक्रमण रोक्न सरकारलाई सुझाव दिएका छन्। सामाजिक सञ्जाल मार्फत लेख्दै नेता गजुरेलले जनतालाई राहत दिन प्याकेजको घोषणा गर्न सरकार सँग माग गर्दै ९ सुझाव दिएका हुन्।

ज्ञानेन्द्र प्रकाश गजुरेलको रोकथाम र राहत सुझाबहरु :

१•निजि तथा सरकारी अस्पताल हरु, नेपाल मेडिकल काउन्सिल तथा स्वस्थ मन्त्रालय समेत रहेको समिति बनाई औषधि उत्पादन, वितरण, तथा कोरोन सग लड्न भिबिन्न अस्पताल को ब्यस्ब्स्थापन बारे कार्यक्रम लागु गरियोस

२• सरकार ले लक् डाउन को अबधिबिदेस मा रहेका लाखौ बढाएको छ। यो निर्णय सफल पारौ। देस भित्र कोरोना virus रोक्ने यहि उपाय हो. यो देस भित्र बढ्यो भने थिति अकल्पनीय हुनेछ. त्यसैले सरकारी निर्णय पुरा लागु गरौ

३• विदेश मा रहेका लाखौ नेपाली हरु बारे सरकार ले ध्यान देओस। उनीहरु नेपाल फर्कन पर्ने बाध्यता को परिस्थिति आए मा उनीहरु लै कसरि ब्यबस्थापन गर्ने बारे कार्यक्रम तयार गरोस

४• क्रिसी सग जोडिएका उद्योग र ब्यबसयाहरु हरु , जस्तै डेरी , कुखुरा उत्पादन, दाना उत्पादन , तरकारी उत्पादन आदि लाई कसरि बचाउने भन्ने बारे कार्यक्रम तयार गरियोस

५• देस भित्र तथा सहरी क्षेत्र मा रहेका मजदूर हरु -ज्यालादारी , रिक्सा चालक , असंगठित क्षेत्र मा कम गर्ने कामदार हरु को लागि कार्यक्रम तयार गरोस

६• पर्यटन उद्योग लाई कमसेकम एक वर्ष सम्म सहुलियत को व्यवस्था गरियोस

७• माननीय हरु लै दिएको विकास रकम बन्द गरि उक्त रकम ऐले को समस्या को लागि प्रयोग गरियोस

९ • यो लडाई मा सफल हुन सरकार ले भनेको कुरो गर्छ , जनता सग झुटो बोल्दैन र भास्ताचार गर्दैन भन्ने कुरा मा जनता मा विश्वास हुनु पर्दछ। त्यसैले भास्ताचार को कुरो बाहिर आउदा तुरुन्त कुरो के हो बताउन पर्द्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्