देउखुरी क्षेत्रमा देव : विकास बैंकले अालोपालो दुई घण्टा सेवा दिने



ओमप्रकाश गुप्ता, सिसहनियाँ । दाङको देउखुरी क्षेत्रमा देव : विकास बैंकले अालोपालो दैनिक २ घण्टा सेवा दिने भएका छन् ।

कोरोना भाइरसको जोखिमलाई ध्यान दिदै सरकारले गरेको लामो लकडाउनले जनजिवन कष्टकर बन्दै गएको र नागरिकहरूमा पैसा अभावको सिर्जना हुन थालेपछि ग्राहकहरूको समस्यालाई मध्य नगर गर्दै देउखुरी क्षेत्रमा अालोपालो २ घण्टा बैंक र एटिएम खुल्ला गर्ने बैंकका लमही शाखा प्रमुख श्रीधर अधिकारीले जानकारी दिएका छन् । रूटिङ अनुसार गढवा शाखाले अाज ११ बजे देखि २ बजे सम्म सेवा दिएको छ ।

त्यस्तै चैत्र १९ गते लमही र भालुवाङ शाखाले सोही समयमा सेवा दिने र चैत्र २० गते सिसहनियाँ शाखाले सेवा दिने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्