कोरोना सर्ने त्रासः दाङमा डेरामा बस्दै आएकी नर्सलाई घरबाटै निकालेको आरोप




काठमाण्डौँ, चैत्र १८
दाङका एक वडा सचिवले नै कोरोना संक्रमण हुने डरले डेरामा बस्दै आएकी नर्सलाई घरबाट निकालेका छन् । घोराही उपमहानरपालिका वडा नं. २ का वडा सचिव नारायण आचार्यले बुद्ध इन्टरनेशनलमा कार्यरत स्टाफ नर्स सिर्जना खड्कालाई घरबाट निकालेका हुन् ।

आफुले अप्रेसन कक्षमा काम गर्ने हो भन्दा पनि संक्रमण हुन्छ भन्दै घरबेटिले घरमा नबस्नु भनेको पिडित नर्स खड्काले बताईन । थाहा अनलाइन संगको टेलिफोन सम्र्पकमा घरबेटिले भने नर्स आफ्नो घरको कोठामा बस्ने नगरेको र कैले कहिँ साथिकोमा मात्र आउने गरेको बताएका छन् । घरबेटिले पटक–पटक आफ्नो घरमा अर्को साथि कोठा भाडामा बसेको र उनी कहिले कहिँ मात्र कोठामा आउँने गरेको हो नर्स घर भाडामा बसेको हैन, उनले भने ।

घरबेटिले बस्न नदिए पछि उनी चैत १५ गतेदेखि गौरीगाउँले बुढाथोकीको होटलमा बस्न थालेको फोनमा बताइन । उनले भनिन्, हस्पिटलको अप्रेसन कक्षमा सुरक्षित साथ काम गर्ने र त्यस्तो किसिमको संक्रमण हुदैँन भनेर घरबेटिलाई बताउँदा पनि बस्न नदिएको र रोल्पाको साथिहरु संगै आफू पनि बस्ने गरेकोले साथिहरु घर गएको र कोठाको साँचो पनि लगेकाले बाहिर होटेलमा बसेको छु ।

वडा सचिव समेत रहेका घरबेटिलाई हाल प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले बताए । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले विपतको यस समयमा त्यस्तो व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्