देश चलाउने ड्राईभर राम्रो भएन् भने दुर्घटनामा पर्छ – अपार



दिपक बोहरा, तुलसीपुर १० मंसिर ।
तुबामगठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जग प्रसाद शर्मा ‘अपार’ले देश चलाउने ड्राईभर राम्रो भएन भने दुर्घटनामा पर्ने बताएका छन् ।

शनिबार तुलसीपुर १४ मा भएका बिभिन्न चुनाबी सभामा उनले अब देशलाई बिकास र समृद्ध बनाएर लिनुपर्ने भन्दै त्यसका लागि सच्चा नेतृत्व चयन गर्नुपर्ने बताए । पछिल्लो समय देशमा भएका ब्याप्त भ्रष्टाचारी, अनियमितता जस्ता कारणले बिकास र समृद्धिको दिशातर्फ लिन नसकिएको भन्दै अब सच्चा, ईमान्दार ब्यक्तिलाई नेतृत्वमा पठाउनु पर्ने बताए ।

देश समृद्धिको मार्गमा हिडिरहेको भन्दै त्यसलाई सही मार्गमा हिडाउन देश चलाउने ड्राईभर पनि सक्षम हुनुपर्ने उनको भनाई थियो । ‘गाडि राम्रो भएपनि चलाउने ड्राईभर सक्षम भएन् भने दुर्घटनामा पर्छ’ उनले भने ‘त्यसैगरी देश चलाउने ड्राईभर पनि सक्षम भएन् भने दुर्घटनामा पर्न सक्छ ।’

माओवादी केन्द्रका स्थायी कमिटि सदस्य समेत रहेका अपारले एमाले र माओवादी केन्द्रबीचको एकताले मुलुकलाई सम्बृद्ध बनाउने दिशामै लैजान सहज हुने बताएका छन् । अहिलेको चुनाबमा पनि एमाले र माओवादी केन्द्रको संयुक्त बामगठबन्धले दुई तिहाई बहुमत ल्याउने र स्थायी सरकार निर्माण हुने उनको भनाई थियो ।

स्थायी सरकार भएर आफुले सोचे अनुसारको बिकास गर्न सकिने उनको भनाई थियो । यसमा कसैले पनि अबरोध नगर्ने उनले बताए ।
तुलसीपुर उपमहानगरपालिका १२ कपडादेवी निबासी अपारले यहाँको बिकासका लागि अब बामपन्थिको सरकार बन्नुपर्ने बताएका छन् । शनिबार तुलसीपुर १४ को ड्वाङ्पुर, उकमी, लुहाडवरा, खौसापुरलगायतका स्थानमा चुनाबी सभा भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्