उत्साहपूर्ण रुपमा मतदान चल्दै



सैघाली खबर,
काठमाडौं, १० मंसिर–

पहिलो चरण अन्तर्गत भैरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा शान्तिपर्ण तथा उल्लासपूर्ण वातावरणमा भैरहेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदातामो उल्लेख्य रुपमा सहभागी भैरहेका छन् । साथै विभिन्न दलका शीर्ष नेताहरुले मतदान गर्ने क्रम जारी छ । निवर्तमान सभामुख ओनसरी घर्ती र माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गर्नुभएको छ । उहाँहरु दुबैले रोल्पाको लिवाङ नगरपालिका ७ को बाल उदय मावि मतदान केन्द्र माडिचौरमा मतदान गर्नुभएको हो ।
त्यस्तै माओवादी नेता अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोक १ को चौतारा साँगाचोकगढी नगरपालिका –४, को पञ्चकन्या माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको हो ।
नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्राईले पनि मतदान गरिसक्नुभएको छ । त्यसैगरी पूर्व गृहमन्त्री तथा माओवादीका नेता जनार्दन शर्मा, एमाले नेता योगश भट्टराईलगायतले भोट हालिसक्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्