१० बजेसम्म २५ प्रतिशत मत खस्यो



सैघाली खबर,
काठमाडौं १० मंसिर, । पहिलो चरण अन्तर्गत आज विहानदेखि ३२ जिल्लामा सुरु भएको मतदानमा १० बजेसम्म २५ प्रतिशत मत खसेको छ ।

 

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार उच्च हिमाली क्षेत्रका मतदान केन्द्रहरुमा चिसोका कारण केही समय ढिलो मतदान सुरु भएको छ ।

अन्य मतदान केन्द्रहरुमा भने शान्तिपूर्ण रुपमा समयमै मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ । मतदान साँझ पाँच बजेसम्म जारी रहनेछ ।

पहिलो चरणमा आज प्रदेश नं। १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङमा मतदान भइरहेको छ ।

यस्तै प्रदेश नं। ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं। ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं। ५ का रुकुम पूर्वी भाग र रोल्पामा मतदान भइरहेको छ ।

प्रदेश नं। ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं। ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ ।

पहिलो चरणको यस निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्