गोरखाको साम्दो आधारभूत मतदान केन्द्रमा मतदान सकियो



सैघाली खबर
गोरखा,१० मंसिर


७७ जना मतदाता रहेको साम्दो आधारभूत मतदान केन्द्रमा मतदान सकिएको छ। बिहान १० बजेदेखि सुरु भएको मतदान केन्द्रमा ६६ मत खसेको मतदान अधिकृत वडा सदस्य निमा दोर्जे लामाले जानकारी दिए।

गोरखाको अन्तिम गाउँ साम्दो केन्द्रमा चिसोका कारण ढिलो मतदान सुरु भएको थियो।ं
१० मतदाता अनुपस्थित रहेका उनले बताए। कोही निधन भएका र कोही गाउँ बाहिर गएका कारण उनीहरुको भोट नखसेको उनले बताए। मतदान सकिए पनि पाँच बजेसम्म मतदान केन्द्र कुरेर बस्नु पर्ने मतदान अधिकृत जीतबहादुर अधिकारीको भनाइ उद्धृत गर्दै लामाले जानकारी दिए।

बौद्ध हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा पनि ७७ जना मतदानमा सहभागी हुदैछन्। सो केन्द्र चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा रहेको छ।
नाम्रुङगुम्बा मतदानकेन्द्रमा जम्मा ७९ मतदाता रहेका छन्। प्रोकगुम्बा चुमनुब्री गाउँपालिका ४ प्रोकमा रहेको छ। त्यस्तै प्रोककै क्वाक गुम्बा मतदानकेन्द्रमा ९१ जना मतदाता रहेका छन्। हिमालचुली आधारभूत विद्यालय छाक मतदानकेन्द्रमा १०२ जना मतदाता रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्