डिआइडिको मेगा राउण्ड सम्पन्न, डाइरेक्टर्स राउण्डका लागि ९९ जना छनौट



सैघाली खबर
दाङ मंसीर १०


डीटेन इन्टरटेन्मेन्ट प्रा.लि द्धारा आयोजित राष्ट्र व्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ सिजन २ को शनिबार भव्य समारोह बिच सम्पन्न सम्पन्न मेगा राउण्ड बाट डाइरेक्टर्स राउण्डका लागि ९९ जना छनौट भएका छन् ।

 

दाङ, बाँके, बर्दिया, सल्यान, प्युठान जिल्लाहरुमा सम्पन्न अडिसन राउण्डबाट छनौट भएका ४ सय ३३ जना प्रतिस्पर्धीहरु मध्ये बाट मेगाराउण्ड बाट डाइरेक्टर्स राउण्डका लागि ग्रुप सिहत ९९ जना छनौट भएको रणनैतिक संयोजक बिष्णुुकुमार देवकोटाले जानकारी दिनुभयो ।


डान्स आइकन दाङ सिजन २ को रणनैतिक संयोजक बिष्णकुुमार देवकोटाको सभाअध्यक्षता एवं युवा समाजसेवि केशव नेपालीको प्रमुख आतिथ्य एवं ब्राण्ड एम्बेसडर आसिकाम रजौरेको विसिस्ट आतिथ्यतामा सम्पन्न मेगा राउण्ड बाट सलिना पुन, हीरालाल परियार, प्रियङ्का डि.सी, मेघा पुन, सुरक्षा के.सि.,सतिस एण्ड ग्रुप, यादव श्रेष्ठ, सुमन कुमाल, कुनाल सोनि, तारा के.सी, उषा ठेडि, उर्मीला, सोनु एम.सी, एन्जल थापा, संगीता पुन, प्रेक्षा ढकाल, पर्वत पोख्रेल, रेश्मा श्रेष्ठ, माया योगी, शोभा बि.क. र मुस्कान एण्ड ग्रुप पौष ८ गते आयोजना गरीने डाइरेक्टर्स राउण्डका लागि छनौट भएको संयोजक दिपक वलिले जानकारी दिनुभयो ।

यसैगरी डाइरेक्टर्स राउण्डका लागि प्रविण, भुमिका क्षेत्रि, सुरज, कृति आले, प्राप्ति, अर्जुन थारु, सागर, जमूना डाँगि, राकेश तामाङ्ग, उषा के.एम., जानकी रोका, समिक्षा थापा, कमला बि.क., कल्पना घिमिरे, सुस्मा बिष्ट, रीना परियार, लिला चौधरी, सिता जि.एम., प्रतिक्षा, यमराज रावत, भुपेन्द्र नेपाली, आकाश बि.एम , बिनोद चौधरी, श्रीकृष्ण बस्नेत, डिपलव वलि, बिमलबुढाथोकि,विवेक रोका, सरस्वति, सुसिला र अञ्जु चौधरी, सीमा गिरी, कञ्चन घले, दिपिका रेग्मी, जानकी भण्डारी गरी जम्मा ९९ जना डाइरेक्टर्स राउण्डका लागि छनौट भएको आयोजक ले जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय    सचिव उदय जि.एम, दाङ साखाका अध्यक्ष सविन प्रियासन, राप्ति पोष्ट दैनिकका सम्पादक शरद अधिकारी, पत्रकार सागर थापा,  निशान दाजु भट्टराइ, रेडियो मध्यपस्चिमका समाचार सम्पादक निमुसंगम घर्ती, रेडियो झरनाकी स्टेसन म्यानजर अमिता चौधरी, सि.एन मिडियाका प्रबन्धक नारायण नेपाल, एओन टेलिभिजनका प्रमुख अमृत मान ओलि, सैघालि खबर डट.कमका संचालक यादव शैघाली, रेडियोइन्द्रेणिका स्टेसन म्यानेजर देव यादव लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको मुख्य निर्णायकहरुमा अनिता महतरा र रोमि नेपाल रहनुभएको थियो ।

कार्यक्रमको सहजिकरण डिआइडि सिजन २ का संयोजक दिवक वलिले गर्नु भएको थियो । डाइरेक्टर्स राउण्ड पौष ८ गते शनिबार दाङ घोराही स्थित होटेल भिङ्ग्रेलि भिलेजमा आयोजना गरिने आयोजकले जनाएको छ । राष्ट्र व्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ सिजन २ को टाइटल प्रायोजन पिएमपि पोल्ट्रि फर्म एण्ड फ्रेस हाउस घोराही १० का ले गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्