मुख्य समाचार

सिराहामा अज्ञात समुहले चलाएको गोली लाग्दा दुई जवान प्रहरीको मूत्यु

By थाहा अनलाइन

November 26, 2017

 

सैघाली खबर

सिराहा ,१० मंसिर

सिराहामा अज्ञात समुहले चलाएको गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरीसहित दुई जना घाइते भएका छन् । आज दिउँसो अज्ञात समुहले चलाएको गोली लागि जितना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् ।

गोली कसले र किन चलाएको भन्ने पुष्टि नभएको जिल्ला प्रहरी कार्यलय सिराहले जनाएको छ । प्रहरी यादवको पेट र म्यादी प्रहरीको कोखमा गोली लागेको छ । सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ ।