मत पेटिका संकलन सुरु ः आयोग



सैघाली खबर

काठमाण्डौ, १० मंसिर । आइतबार मतदान सम्पन्न भए लगत्तै सबै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने कार्य समेत शुरु भइसकेको निर्वाचन आयोगले बताएको छ।
पहिलो चरणको निर्वाचन सम्पन्न भए लगत्तै आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतपेटिका ढुवानीमा आवश्यक सुरक्षा सतर्कता अपनाइने बताए।

मतपेटिका “विशेष सुरक्षा निगरानीमा” राखिने
ूयसरी संकलन भएका मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहन्छन्। मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारहरुको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको छ,ू यादवले भने।

मंसिर २१ गते हुने दोस्रो चरणको चुनाव सकिए लगत्तै मतगणना शुरु हुने बताइएको छ।प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यका लागि ३२ जिल्लामा भएको प्रथम चरणको मतदानमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक विवरण निर्वाचन आयोगले दिएको छ।केही ठाउँमा हिंसाको खबर आए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण नै सम्पन्न भएको आयोगले बताएको छ।

कुल ४,४६५ मतदान केन्द्रमध्ये दुई वटा मतदान केन्द्रमा मात्र पुनस् निर्वाचन गरिनुपर्ने भएको उसले बताएको छ।खासगरि उच्च पहाडी तथा हिमाली भेगमा भएका मतदानमा चिसोको कारण मतदाताको सहभागितामा केही प्रभाव परेको अधिकारीहरुले बताएका छन्।आइतबार र मंसिर २१ गते गरि दुई चरणमा करिब डेढ करोड मतदाताले संघीय प्रतिनिधिसभाका लागि २७५ सदस्य तथा सात वटा प्रदेशका छुट्टाछुट्टै प्रदेश सभाका निम्ति ५५० सदस्य चुन्दैछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्