प्रधानमन्त्री देउवा वृहत आमसभालाई सम्वोधन गर्न दाङ आउदै



सैघाली खबर
दाङ ,११ मंसिर

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाङ आउनुहुने भएको छ । कांग्रेस दाङले चुनावी प्रचार अन्तरगत आयोजना गर्ने वृहत आमसभामा सम्वोधनका लागि देउवा दाङ आउनुहुने भएको हो ।


यही मंसीर १२ गते जिल्लाको घोराही र तुलसीपुरमा आयोजना हुने वृहत आमसभालाई सम्वोधन गर्नकालागि देउवा दाङ आउने कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्काले जानकारी दिनुभयो ।

देउवासँगै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला र चुनावी प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँड आउने सभापति खड्काले जानकारी दिनुभयो ।

चुनावी सभा तुलसीपुर र घोराहीमा हुने छ । जस अनुसार तुलसीपुरमा हुने सभालाई दिउसो साढे १ बजे र घोराहीमा हुने सभालाई दिउसो साढे २ बजे देउवाले सम्वोधन गर्ने कांग्रेस दाङले जानकारी दिएको छ ।
सभालाई सफल पार्नकालागि कांग्रेसप्रति आस्थावन् एवं सुवेच्छुक सबैमा कांग्रेस दाङले अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्