आज बेलुका सम्म सबै मतपेटिका जिल्ला सदरमुकाम आइपुग्ने



सैघाली खबर
काठमाडौं,११ मंसिर

मौसम सफा भए आज बेलुका सम्म सबै निर्वाचन केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम आईपुग्ने निर्वाचन आयोगले जानकारी दिएको छ । हेलिकप्टरबाट मतपेटिका ल्याउनु पर्ने भएकाले मत पेटिका जिल्ला सदरमुका ल्याउन समय लाग्ने भएको आयोगको भनाइ छ ।

अति पहाडी तथा हिमाली क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले  जानकारी दिनुभयो । धेरै जिल्लाका मतपेटिका सदरमुकाम ल्याईसकेको बताउँदै प्रवक्ता ढकालले मतपेटिका ओसार्ने कार्य जारी रहेको जानकारी दिनुभयो । हिजो मंसिर १० गते हिमाली तथा उच्च पहाडी ३२ जिल्ला पहिलो चरण अन्तर्गत प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्