लन्डनमा फेरी आतंकवादी आक्रमण ।।



London-

 जेष्ठ,२१,
लन्डनमा फेरी आतंकवादी आक्रमण भएको छ । चक्कु प्रहारबाट एक व्यक्तिको मृत्यु भएको बेलायत प्रहरीले जनाएको छ । तीन जनाको समुहका ब्यक्तिले रातको समयमा नेपाली समय अनुसार आज बिहान ४ बजेतिर चार ब्यक्ति माथि चक्कु प्रहार गर्दा एकजनाको मृत्यु हुनुका साथै तिन जना गम्भीर घाईते भएका छन् । केही ब्यक्तिले जथाभावि चक्कु हान्ने तथा गाडि चलाएका कारण मध्य लण्डन त्रसित बनेको बीबीसीले लेखेको छ । अन्धाधुन्ध भ्यान चलाउँदा ६ जना भन्दा बढि घाईते भएका छन् । बोरो मार्केटमा ५ वटा बिस्फोटको आवाज समेत सुनिएको बताइएको छ । केही दिन अघि बेलायतको म्यानचेष्टर एरिनामा आरियाना ग्रान्डेको कन्सर्टका क्रममा भएको विष्फोटमा परि २२ जनाको मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्