रोकिएका मतदान केन्द्रको अर्को मतदान २१ गते



सैघाली खबर
काठमाडौं,११ मंसिर

रुकुमको दुईवटा मतदान केन्द्रमा फेरि मतदान गरिने भएको छ । हिजो भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि २१ गते दोस्रो चरण सँगै मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिनुभयो ।

रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुने उहाँले बताउनुभयो । दुवै मतदान केन्द्रको मतपेटिकामा एसिड राख्ने मान्छेको पहिचान हुन नसकेको र उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ । रत्ना निमाविमा २५० र गत्तासैनामा ३६५ मत खसेपछि एसिड परेर मतपत्र जलेकाले मतदान स्थगित भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्