मुख्य समाचार

चारवटा मतदान केन्द्रको मतपेटिका आज मात्र ल्याइने

By थाहा अनलाइन

November 27, 2017

सैघाली खबर काठमाडौं,११ मंसिर

ताप्लेजुङका अति दुर्गम क्षेत्रमा पर्ने चारवटा मतदान केन्द्रको मतपेटिका आज मात्र ल्याइने भएको छ । ताप्लेजुङको फक्ताङलोङ गाउँपालिका–६ ग्याब्ला प्रावि ग्याब्ला, घुन्सा मावि घुन्सा र सोही गाउँपालिका–७ को वडा कार्यालय गोला र याङ्मा आधारभूत विद्यालय याङ्माका गरीचारवटा केन्द्रका मतपेटिका आज मात्र ल्याइने भएको हो ।

भौगोलिक रूपमा विकट र झण्डै तीन दिनसम्मको पैदल दूरीमा रहेका ती केन्द्रका मतपेटिका हेलिकप्टर मार्फत ल्याउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । अन्य नजिक केन्द्रका मतपेटिका हिजो नै ल्याइको छ । ७३ मतदानस्थल र ११४ मतदान केन्द्र निर्धारण गरिएको जिल्लामा ७८ हजार ३९७ मतदाता रहेका छन् ।