जुम्लामा ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान



सैघाली खबर
जुम्ला,११ मंसिर

जुम्लामा करिब ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जुम्लामा करिब ७० प्रतिशत मत खसेको जानकारी दिनुभयो ।जुम्लाका ५९ हजार ५८ जना मतादाता मध्ये ४१ हजार ५ सय ८० जनाले मतदान गरेका पौडेलले जानकारी दिनुभयो ।

स्थानीय तहको चुनावमा ८० दशमलव ७ प्रतिशत मत खसेको जुम्लामा चिसो र हिउँदको सिजन भएकाले काम तथा व्यापारको शिलशिलामा भारत गएकाले कम मत खसेको आंकलन गरिएको छ । जुम्लामा पुरुषहरु मौसमी व्यापार र कालापहाडमा कामको लागि गएकाले सोचे जति मतदान नभएको बताईएको छ ।

९० वटा मतदान केन्द्र रहेको जुम्लाका ५१ मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याईएको छ । बाँकी ३९ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याउँदै गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्