हिंंसाले निम्त्याउदै अपराध



गिरिराज नेपाली
दाङ, ११ मंसिर । श्रीमान– श्रीमती विचको आन्तरिक कलह वा श्रीमानले श्रीमती माथि गर्ने दुव्र्यवहार होस्, परिवारले वुहारी माथिको अपहेलना, तिरष्कार, लालछना वा कुनै महिला लाई जात , धन वा रुपमा आधारमा समुदायमा गरिने विभेद नै किन नहोस ति सवै महिला माथि गरिने अन्याय र अपराध नै हो । श्रीमान, घर परिवार र समुदाय वाट सामान्य रुपमा देखा परेको घरेलु वा लैगिंक हिंसा पछिल्लो समय सामाजिक अपराध वा सामाजिक विकृतिको रुपमा देखा पर्दै गईरहेको छ । सामान्य विवादकै कारण श्रीमान– श्रीमतीको सम्वन्ध विच्छेद, वहुविवाह, आवेग प्रेरक हत्या, आत्महत्या, पारिवारिक विखण्डन, सामाजिक अशान्ती र जवरजस्तीकरणीका घटनाहरु हिंसा संगै जोडिदै आईरहेका छन ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पछिल्लो तीन वर्षमा दाङमा महिला हिंसा सम्वन्धीका उजुरीहरु चार सय ८५ उजुरी दर्ता भएको जनाएको छ । जसमा घरेलु हिंसा सम्वन्धी आर्थिक वर्ष ०७२÷७३ मा ८७ , आव ०७३÷७४ १ सय ८० र आव ०७४÷७५ कार्तिक मसान्त सम्ममा ७३ निवदेन दर्ता भएको कार्यालयले जनाएको छ । भने तीन आवमा दाङमा २२ वटा वहुविवाह सम्वन्धी उजुरी परेका छन । जसमा आव वर्ष ०७१÷७२ मा ११ , आव ०७२÷७३ मा ५ र आव ०७३÷७४ मा ६ वाट उजुरी परेका छन । जुन प्रत्यक्ष घरेलु हिंसा संगै जोडिएको कार्यालयले जनाएको छ ।

वर्षेनी महिलाहरु माथि हुने अन्याय हिंसा घटनाहरु वढ्दै जान थाले त्यो सामाजिक अपराधका रुपमा मौलाउदै जान थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दुर्गा सिंहले बताउनुभयो । उहाँले भन्नुभयो – ‘वालवच्चाको विचल्ली, आत्महत्या , हत्या र बलकृतको घटना पनि महिला हिंसा जोडिएको छ । ’ जुन सामाजिक अपराध रुपमा देखिएको छ । हिंसाले महिलाहरुले आत्महत्या गर्ने , हत्या गरिने, खानवस्न नपाउने, मानसिक तनाव खेप्नुपर्ने र अन्तत घरपरिवार नै छोड्ेर असुरक्षित बसोवास बस्नुपर्ने वाध्यता रहेको उहाँले बताउनुभयो । जिल्लामा बढ्दो आत्महत्याको कारण पनि महिलाहरु हिंसा नै भएको उहाँले दावी गर्नुभयो । आत्महत्या गर्नेहरु मध्ये अधिकाश महिलाहरु रहेको बताउदै सिंहले भन्नुभयो– ‘ ६० प्रतिशत महिलाहरु हिंसाकै कारण आत्महत्या गर्नुपरेको छ । ’ हिंसाका परेका महिलाहरु कानुनी वाटोमा आउनुभन्दा पनि निरासताको बाटो अङगालेर आत्महत्याको गर्ने गरेको उहाँले बताउनुभयो । जसका कारण बालबच्चाको बिचल्ली र परिवार समुदायमा प्रत्यक्ष अशान्त फैलिदै गईरहेको छ ।

खुल्दैनन हिंसा पिडितहरु
हिंसाका परेका महिलाहरु डर, धम्की ,त्रास , संकोच र समुदायको असहयोगका कारण न्यायका लागि अझै खुल्न सकेको छैनन । हिंसा लाई खुलाउन नसक्दा पिडितहरु अझै पिडा बोक्दै वाँच्नु परेको छ । महिला विकास कार्यालय दाङकी महिला विकास अधिकृत मोति विश्वकर्माले विगतका तुलनामा हिंसामा परेका महिलाहरु खुलेर न्यायका लागि लड्ने गरे पनि जति आउनुपर्ने हो । त्यो अनुपातमा अझै खुल्न नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘डर त्रास र धम्कीले पिडितका पिडा लाई अझै लुकाईने चलन छ । ’ त्यसको अन्त्य र हिंसाको कमि अझै हुन सकेको छैन । महिलाहरु न्यायको लागि खुल्न नसकेको हिसामा पर्नेको पहिलो कारण गरिवी , अशिक्षा र बालबिवाह गरेको उहाँले बताउनुभयो । हिंसाको जग नै गरिवी र शिक्षा संग जोडिएकाले समुदाय शशक्तीकरण र चेतनाको स्तरको अझै फराकिलो बनाई लैजानु पर्ने उहाँले बताउनुभयो । जसका कारण हिंसा पिडित महिलाहरु जीवनभर नै हिंसा सहेर वाँच्नु पर्ने वाध्यता रहेको छ । जसका कारण हिंसा अपराधमा रुपमा देखिएको छ । विश्वकर्माले भन्नुभयो– ‘ स्थानिय तहमै स्थानिय न्यायलय स्थापना भएका छन । ’ तर पिडितहरु स्थानिय तह सम्म पुग्न सकेको छैनन । जसका कारण स्थानिय तहको न्यायिक समिति हिंसाको उजुरी पर्खिरहेको छन ।

स्थानिय तहको न्यायिक समितिमा पुग्दैनन पिडित
नयाँ संरचना सहित बनेका स्थानिय तहको न्यायिक समितिमा हिंसाका उजुृरीहरु खासै पुग्न नसकेको स्थानिय न्यायिक समितिले गुनासो छ । नागरिकलाई छिटो छरितो र न्याय अनुभुती हुने गरी उपमहानगरपाकिला उपप्रमुख र गाउँपालिका उपप्रमुख संयोजकत्वमा बनेको न्यायिक समिति हिंसाका उजुरीहरु कमै पुग्ने गरेको घोराही उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक सीता सिग्देल न्यौपाने बताउनुभयो ।

समुदायमा हिंसाका घटनाहरु तमाम भए पनि प्रहरी मार्फत अदालत प्रक्रियामा चले पनि स्थानिय तहमा न्यायलयमा ति उजुरीहरु नआउने गरेको उहाँले बताउनुभयो । महिलाहरु संयोजकत्वमा न्यायिक समिति बनेपनि महिलाहरु लाई स्थानिय तहमा न्याय प्रक्रिया प्रणालीको व्यवस्था छ भने वारे ज्ञान नहुदा स्थानिय तहको न्यायमा हिंसाका उजुरीहरु खासै नदेखिएको उहाँले बताउनुभयो ।

करिव ३० वटा उजुरी मध्ये १० वटा उजुरी मात्रै अंशवण्डाको उजुरी परेको उहाँले बताउनुभयो । कम खर्चिलो , छोटो समेत पिडित र पिडक दुवैको न्याय हुने गरी स्थानिय तहको न्यायलय राखिए पनि स्थानिय तहको न्याय प्रक्रिया वारे जानकार हुन नसकेको उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्