बम विष्फोट र भोट दुवै सम्भव छ,



गोविन्द खड्का
दाङ ११ मसिंर।
मतदानको सम्पुर्ण तयारी हुदैछ । त्यसलाई रोक्न सुतली बम, रेडबुल बम र मार्ईन विष्फोट गरीदैछ । केहि मान्छेहरु सोचिरहेका छन् दुईटै कुरा अघि बढ्न सक्दैनन् । आ“टका साथ भन्नुपर्छ दुवै सम्भव छ ।
हारजीत हो भने लडाई हो । त्यो बैचारीक हुन सक्छ । निशस्त्र तरीकाका मतदान प्रकृया बाट पनि अघि बढ्छ । शसस्त्र फौजका साथ पनि लडाई गर्न सकिन्छ । चुनाव ठुलै लडाई हो । राजनीतिक भविश्यलाई दाउमा राखेर भिडिरहेका छन् । घर जग्गा बेचेरपनि चुनावमा लगानी गरेका छन् । चुनावी मैदानमा उत्रीएकाहरुले जस्तो सुकै तिकडम गर्न तयार छन् । मौन अबधिमा पैसा र्फिजेर भएपनि जित्ने दाउ छ । त्यसो त एक थरी बम पड्काएर जित्न चाहान्छन् । त्यो पनि जत्ने उपाए हो । हार जीतमा सबै उपाए प्रयोग हुन्छन् । बम र भोट दवै सम्भव छ ।
अहिले सम्म बम पड्काउने व्यक्ति समुह वा राजनीतिक दल खुलेको छैन । ठुलै चर्चा गरिएपनि मैले हो भन्न कसैले सकेको देखिन्न । यत्रो खैला बैला चर्चा परिचर्चा गरीदा पनि जिम्मा नलिनु हार हो । राजनीतिक रुपमा ठुलै फाईदा कमाउने बेला छ । त्यो पड्काउने समुहले लिन चाहेको देखिन्न । जसले पड्काए पनि निर्वाचन विरोधी समुह हो । उसले यो चुनाव चाहेको छैन । जसले उम्मेद्धार लक्षित बम बिष्फोट गरीरहेको छ । प्रचार सामाग्री खोसेर जलाएको छ । चुनावलाई जनविरोधी नाम दिईएको छ । जनताको मुक्तिका लागि भन्दै चुनाव विथोल्ने प्रयास गरीदैछ ।

अर्कातिर चुनावी माहौल शुरु भएको छ । हजारौ म्यादि प्रहरी भर्ना गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ । नेपाली सेना पनि चुनावको बाहिरी घेरामा आईसेकेको छ । भोज भतेर चलेका छन् । नेता र उनका आफन्तलाई चुनावी चटारो लागेको छ । मन्टोले धौ बोक्ने माला पहिरीएको उम्मेद्धारहरु गाडिमा झन्डा हल्लाउदै कुदिरहेका छन् । अबको पा“च बर्ष भित्र गरीने योजना र प्रतिबद्धता सार्वजनिक गरीदैछन् । यो सब चुनाव जित्नका लागि भैरहेको छ । अब समृद्धिको युग शुरु भयो भनिदैछ । नेताहरु राजनीतिक क्रान्ति सकिएको घोषाणा गर्दैछन् । संविधान लेखियो, आन्दोलन र क्रान्ति सकियो अबको काम विकास निर्माण हो अबसर दिनुस भन्दैछन् ।
अझ गतिलो काम एमाले र माओवादीले चुनावी गठबन्धन गरेका छन् ।

एकले अर्कालाई नानाथरी वादका भारी बोकाएर टुक्रिने कम्युनिष्टहरु एक भएका छन् । उनिहरु कम्युनिष्टको सरकारको अभ्यास गर्ने शुरमा छन् । कांग्रेश लगाएत केहि दलहरु भाजो हाल्न र विथोल्न खोजिरहेका छन् । कम्युनिष्टहरुले सके दुईतिहाई नत्र बहुमतको सरकार पक्का देखेका छन् । यतिबेला बाम पक्षधर आश्था राख्ने सबैका खुशिका दिन आएका छन् ।

सबै लागि मिली वाम उम्मेद्धार जिताउन आवश्यक छ । काम गर्न सकनेनन भने पा“च बर्ष पछि नेपाल बाट कम्युनिष्ट सकिने छन् । यदि केहि गरी देखाए भने क्रान्ति, परिवर्तन, शहिदका सपना, समाज बाद साम्यवाद लगाएत विभिन्न झन्जट बाट मुक्त हुने छौ“ । अब राजनीतिका ठेली होईन माहुरी, बाख्रा, गाई पालन, जटिवुटि, फलफुल तरकारी र अन्न बाली खेति जस्ता पाठ्य शामाग्री हने छन् । ईलम गर्ने, बल बुतामा बा“च्नेहरुको चर्चा गरीने छ । भाषणका पछि कुद्ने र मुख्य समाचार बनाउने युगको अन्त हुने छ ।

यसतो महत्वपुर्ण मोडमा बामपन्थि आश्था राख्नेले गल्ती गर्नुहुन्न । कुनै पनि कारण वा तर्कले बामपन्थिलाई असहयोग गर्नु हुन्न ।
अरुले देखेको सपनापछि दौड्ने नेपाली अझै धेरै छन् । शहिदको सपना वा फलानोको सपना साकार पार्नुछ भन्यौ नै रगत उम्लीन थाल्छ । बम बोक्न र फ्याक्न हिड्छ । काटमारमा उत्रिन बेर लाउदैन । जुनसुकै जोखिम मोल्न पनि तयार छ । उसलाई सोध्नु पर्छ उहाको सपना के थियो ? उहाले देखेको सपना कतिबेला तपाईलाई सुनाउनु भयो । सम्झिए जति भनिदिनुस् ।

यसको जवाफ हुदैन । आक्रोश हुन्छ । सहिद प्रति वेईमान गरीयो, गद्धारी भयो यति भनिन्छ । यसरी अरुले देखेको सपनाको अनुमानमा कुद्नेहरु आफुलाई खा“टि भौतिक बादि मान्छन् । भुत, प्रेत, मसान, बोक्सी, धामि सबै अन्धविश्वास र वाहियात हुन्छन् । धर्म आफिम मानिन्छ । आफैले देखेको सपना पनि बेकार हो । विज्ञानको आधुनिक युगमा राति आफैले देखेको सपनामा सत्यता हुदैन भन्छौ । शहिदको सपना कसरी धु्रर्ब सत्य भयो ? यो सब छोडेर सबैको संकल्प समृद्धि हो । रोग र भोकले मर्नुनपर्ने, अन्याए सहनु नपर्ने, सबैलाई कानुन बराबरी लाग्ने, सबैले उत्तिकै न्याए पाउने व्यवस्था ल्याउन खोजको हो । यति कुरा दिन सक्नेलाई भोट दिउ“ ।
हतीयारले जोगाएको सत्ता हतियारले ढाल्नुपर्छ भन्ने विधिलाई विज्ञानको रुपमा स्विकार गरीन्छ ।

त्यसो त यो देशका ठुला राजनीतिक दलहरु एमाले, कांग्रेश माओवादि केन्द्र सबैले उपयोग गरे । उनिहरुले जुन बेला हतियार उठाए, भुमिगत भए, बम पड्काए, मान्छे मारे, हतियार कब्जा गरे त्यस बेला जनताले साथ दिए । जनसमर्थन बाटै उनिहरुले तत्कालीन सत्ता पक्षलाई हराईदिए । एक छाक भात खुवाउने, चिठि ओसार्ने, भुमिगत छ“दा लुकाउने, लडाकु र हतियार छिपाई राख्ने जनताले गरेका हुन् । अब पनि त्यो सबै काम जनताले नै जिम्मा लिनुपर्छ । हतियारको बलले राणा, पन्चायत र दरबार हटेको हो ।

अहिले संसदवादिहरुको सत्ता छ । राजनीतिक दलहरुको सरकार छ । यसलाई अपदस्त गर्ने राजा छैनन् । जनताले मत नदिएर पराजय बनाउने हो । अथवा मतदान गरेर दुईतिहाई सिट दिई निर्धक्क पा“च बर्ष सत्तामा बसाल्ने हो । यस बेला हतियारको सत्ता ढलाउन हतियार चाहिन्छ भन्नु कति उचित हुन्छ ? फैसला गर्न आवश्यक छ । पड्काउने, तर्साउने, धम्काउनेका पछि लागिरहने कि मोर्चा बदल्ने ? अबको निकास मतदान कि बम यहि चुनावमा जनताले फैसला गर्ने छन् ।
चुनावी सभा सम्वोधन गर्ने क्रममा एमाले अध्यक्ष केपि शर्मा ओलीले भन्नुभएको रहेछ धनिहुन काम गर्नुस् बा“च्न सरकार छ । खास विधि यहि हो । सरकारले नागरीकले कमाएको संरक्षण गर्नेे हैसियत राख्नुपर्छ । आफु मात्रै ठा“ट बा“टका साथ लावालस्कर लाएर हिड्ने होईन । फुर्सदिलो हुने होईन । सभाको भोलिपल्ट होटल डोकोमा पत्रकार सम्मेलन आयोजना गरीएको थियो । आठ बजे भनिएको कार्यक्रममा अध्यक्ष वली आठ ५५ बजे हलमा प्रबेश गर्नुभयो । उहा“ पुग्दा पत्रकार भन्दा धेरै कार्यकर्ता थिए । अधिकांश सरकारी कर्मचारी देखिन्थे ।

त्यसरी घण्टौको समय बरवाद भैरहेको थियो । यसरी नेता कुर्ने, भाषण सुन्ने र त्यहि कुरा अन्त पुगेर फलाकेर दिन बिताउने हो भने आर्थिक क्रान्ति सम्भव छैन । अघिल्लो दिन भाषण सुनेका नेता कार्यकर्ता भोलिपल्ट किन झुल्नु पर्छ ? पत्रकार सम्मेलन भनेपछि अन्य मान्छेहरु किन जुट्नुपर्छ ? त्यसमा पनि राज्यको ढुकुटिले पालिएका कर्मचारी जुट्नुनै हुदैन । यो दलहरुले सुधारेका छैनन् ।

यो देशमा ३५ हजार स्थानिय तह हुदा १४ हजार ९८ सिट जितेर एमाले ठुलो पार्टी बनेको छ । अहिले विहे ब्रतबन्ध कार्यक्रममा पनि पार्टि प्रबेश गर्ने लहर छ भनेर ओलिले टिप्पनी गर्नुभयो । नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा समेत धिरेन्द्र श्रेष्ठलाई प्रवेश गराइयो । यसलाई एमाले प्रतिको आकर्षण मान्न सकिन्छ । नेता कार्यकर्ता जता गएपनि जनताले अनुमोदन गर्नुपर्छ । प्रबेशीहरुले आफु चर्चामा आउन मात्रै चाहने र पार्टी फेरीरहने होईन । पत्रकारलाई अफ्ठेरो पर्ने गरी आफ्नो चर्चा खोज्न सबैले छोडौ“ । अझ ठुलो नेता भन्ने फन्नीरहनेहरुर्लाइ खास्सै महत्व दिन जरुरी पनि छैन । यस्ता कार्यले कसैमा आक्रोश पैदा गर्न सक्छ । फोहरी संसदिय राजनीति भन्ने परिभाषा गर्नेहरुलाई सजिलो बनाउछ ।
पड्काउनेलाई कतिले चन्दा आतंक मच्चाउने उपाए भनेका छन् । बुझ्नै पर्ने कुरा चन्दा उठाएर अन्तै जाने होईन यहि समाजमा बस्ने हो । जहा सुख मन खान पाईदैन । समाजमा देखिन सकिन्न, सबैले लुटेर, चोरेर खाएको हो भनेर खिल्ली उडाए भने त्यसको कुनै अर्थ छैन । जनयुद्धपछि केहि नेतामा यहि आरोप लागेको छ उनिहरु असुरक्षित बन्दै गएका छन् । घर जग्गा तथा सम्पतीमा प्रश्न चिन्ह खडा छ ।

भोलि विप्लवका कार्यकर्ताले त्यहि बाटो पच्छ्याए हविगत त्यस्तै हुन्छ । त्यति सजिलो आरोप लगाउनु हुदैन । जनताले निर्णय गर्ने कुरामा प्रशासनको दमन जरुरी छैन । सभागर्न नदिने, हिडडुल र पर्चा पम्पलेट टास्न नदिने गलत रबैया हो । चोकमा भाषण गर्न नदिनु पनि फरक देशका नागरीक सरहको गलत व्यवहार हो । त्यसबाहेक वन्द हड्ताल, तोडफोड आतंकलाई नियन्त्रण गर्नु सरकार र प्रशासनको कर्तव्य हो ।
ठुला नेताले सानो प्रशंग ल्याएको जस्तै लाग्थ्यो ओलिले एउटको जमिन अर्काको नाममा पास हुदैछ भन्नुभयो । एउटाको नागरीकताको प्रतिलिपि अर्काले मेरो भनेर लैजाने गरेको देखिन्छ । हामि यति पछि छौ ।

जुघाको रेखी बस्ने उमेरमा नागरीकता बन्यो । तालु खुईलिएपछि कसले चिन्ने । जसले लगेपनि भयो । औ“ठा छापको आधार बनाउने हो त्यो कसले जा“च गरोस् । यसरी भगवान भरोसामा चलेको छ । अबको युगमा यसरी समाज अघि बढाउन सकिन्न । कम्प्युटर सिटममा व्यवहार गर्नुपर्छ । त्यो अब मतदान बाट जिताएर हुन्छ कि ? बम पड्काएर भद्रगोल गर्दा सुधार हुन्छ त्यसमा जनईजलासले निर्णय गर्ने हो । अब कसैलाई मार्नुछ ? कुनै सत्ता पल्टाउनु छ ? अहिलेको सत्ता संसदिय व्यवस्था मात्रै हो । व्यवस्था बदल्न मतदान पर्याप्त छ कि अरु हात हतियार सहितको आक्रमन ? जनताले रोज्नुपर्छ ।

जनतामा गएर को सत्य छ । कुन बाटो उपयुक्त छ भनेर सोधे भैहाल्यो । जनताले पड्काउने बाटो रोजे भने चुनाव बहिष्कार हुनछ । थोरै म त खस्छ । जनता राजी छन् भने अत्याधिक बहुमतले बिजयी हुन्छन् । पड्काउने बाटो रोजेकाहरु गलत रहेछ भनेर बदल्छन् । शक्तिशाली चुनावी जनईजलास बसेका बेला अरु कुनै पनि बलको जरुरी छैन । बम र भोट दबै संग संगै जान सम्भव छ । चुनाव पछि एउटाको अन्त हुन्छ ।

जनताका सच्चा नेताले विजयी हासिल गर्छन् । नागरीक बम कुल्चीदै भोटहाल्न जान्छन् । आफैले भोटहालेर जिताएका प्रतिनिधिले संविधान बनाएका हुन् । उनिहरुलाई संविधान बनाउने म्याण्डेट बहुमतले दिएको हो । त्यहि संविधान अनुसार चुनाव हुदैछ । त्यसमा जनताको साथ हुन्छ भन्ने कुरा संविधान विरोधीले बुझ्नै पर्छ । संविधानको विरोध भनेको बहुमतको विरोध हो । यो कुरा जनताले अबस्य हेक्का राख्ने छन् । मंसिर १० र २१ को अन्तिम फैसला सम्म दुवै संभव छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्