दलको चुनावी घोषणा पत्र फेरिदै, मतदाताको अबस्था भने पुरानै



 

जनक नेपाली,
दाङ,११ मंसिर ।

पहिलो चरणको मतदान सकिएको एक दिन मात्र भएको छ । मतदाता देखि सबै राजनितिक दलका नेता कार्यकर्ता फेरी दोश्रो चरणको निर्वाचनमा केन्द्रित बनेका छन् ।

गाउँका सर्वसाधारण मत हाल्ने तरिका सिक्दै छन् भने — दलका नेता देखि पार्टी कार्यकर्ता चुनावी एजेण्डा बोकर मतदाता कहाँ पुगेर मत माग्दै छन् । पछिल्लो समय राजनितिक दलहरुले चुनावी घोषणा पत्रमा विकासे एजेण्डा देखि सर्वसधारणको आय आर्जनका कुरा घोषणा पत्रमा लेखेपनि ति एजेण्डा कहिल्यौ पुरा नभएको सर्वसाधारणले गुनासो गरेका छन् । दलका नेता कार्यकताहरुले चुनावी घोषणा पत्रमा स्वर्गकै संसार देखाउँने एजेण्डा ल्याउछन पुरा गर्नु हुदैन अधिवत्ता डिल्लीराज धितालले भन्नुभयो । सबै दल चुनावको मुखमा आएर विकास र संमृद्धीका सपना देखाउछन् तर सर्वसाधारणका दैनिकी आबश्यकता पुरा गर्न तर्फ ध्यान दिदैनन भन्नुभयो ।

राजनितिक पार्टीले घोषणा पत्रका माध्यमबाट मतदाता झुक्याउँदै आएको वताउँदै उहाँले जनताका समस्या संग केन्द्रित बन्न दलका नेताहरुलाई आग्रह गर्नुभयो । नागरिक संबाद केन्द्रले घोराहीमा आयोजना गरेको नागरिक संबाद कार्यक्रममा बोल्दै अधिबक्ता धितालले यस्तो वताउनु भएको हो । हामीले निर्वाचन आचार संहिताका कुरा गर्दे आएका छौ तर निर्वाचन आचार संहितको उल्घन ठुला दलले गरेको वताउँनुभयो त्यसो नगर्न आग्रह गर्नुभयो ।

जनताका दैनिक आबश्यकता पुरा गर्ने र आफुले गर्न सक्ने विकासका एजेण्डा मात्र घोषणा पत्रमा समेट्न आग्रह गर्दे जनतालाई घोषणा पत्र राम्रो बनाएर ढाट्न नहुने वताउनुभयो ।
कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले शान्ति पूर्ण रुपमा मतदान हुनेमा विश्वत रहन मतदाता लाई आग्रह गर्नुभयो । चुनवाका मर्यादित बनाउँन उम्मेदवारले आफ्ना गतिविधी बढाएको वताउँदै त्यसलाई सबैले सहयोग गर्न आग्र हगर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंह चन्द नागरिक सकाज दाङका संयोजक टिकाराम रेग्मी लगाएतले बोल्नुभएको भएको थियो । जिल्ला समन्वय समिति दाङका संजोजक जितेन्द्रमान नेपालीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन लालिका पोखरेलले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्