क्षेत्र नं. १ मा राप्रपाको समर्थन गठवन्धनलाई



सैघाली खबर
दाङ, ११ मंसिर । आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा दाङ क्षेत्र नं. १ मा बाम गठबन्धनका उम्मेदवारहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाउने भएको छ ।

बामपन्थी गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी क्षेत्र नं। १ का संयोजक शुरामणी वेल्वासे र राप्रपा क्षेत्र नं। १ का अध्यक्ष विनोदकुमार केसीले संयुक्त विज्ञप्ति जारी गर्दै बाम गठबन्धनलाई क्षेत्र नं। १ मा राप्रपाले सघाउने भएको
सार्वजनिक गरे ।

राप्रपाले क्षेत्र नं। १ मा प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभा सदस्य पदमा उम्मेदवार उठाएको छैन । समानुपातिकतर्फ मात्रै राप्रपाले उम्मेदवार उठाएको छ ।

सोमबार बामपन्थी गठबन्धन र राप्रपा क्षेत्र नं। १ को लमहीमा बसेको संयुक्त बैठकले यो निर्णय गरेको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्