दलका प्रतिनिधि सहित सुरक्षाकर्मिहरु मतपेटिकाको रक्षामा



सैघाली खबर
काठमाण्र्डाै,११ मंसिर । निर्वाचन आयोग ३२ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा पहिलो चरणको निर्वाचनका मतपेटिका संकलनमा लागि परेको छ। आयोगले ३२ जिल्लाका जम्मा २ हजार ९१७ मतदानस्थलमध्यबाट २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु जिल्ला सदरमुकाम ल्याइसकेको र ८६० स्थानका मतपेटिका ल्याउने क्रममा रहेको जानकारी दिएको छ।

 

भौगोलिक हिसाबले विकट भएका क्षेत्रका मतपेटिका जिल्ला सदरमुकाम र सम्बन्धित स्थानमा ल्याउनका लागि हेलिकप्टर प्रयोग गरिरएको केही क्षेत्रका मतपेटिका पैदल मार्गबाट नै ल्याउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

‘हुम्ला, ताप्लेजुङ, जाजरकोट, रुकुम आदि जिल्लाका मतपेटिका सम्बन्धित स्थानमा पुर्यापउन समस्या भएको छ’ प्रवक्ता ढकालले भने,’ ‘दुर्गम क्षेत्रबाट पैदलमार्ग र हवाईमार्गबाट मतपेटिका सम्बन्धित स्थानमा पुर्याउने काम भइरहेको छ।’

यस्तो छ दलका प्रतिनिधिसहित मतपेटिकाको सुरक्षा व्यवस्था

निर्वाचन आयोगले आइतबार सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना यही मंसिर २२ गतेबाट मात्र जनाउँदै त्यो समयसम्मका लागि मतपेटिका सुरक्षाको विशेष व्यवस्था मिलाएको प्रवक्ता ढकाल बताउँछन्।
उनका अनुसार मतपेटिका राखिएको कोठा पूर्णरुपमा बन्द गरि झ्याल ढोकाको ताल्चामा सबैदलले आ–आफ्नो लाहाछाप समेत लगाउने छन्।

आयोगल मतपेटिकाको सुरक्षाको मुख्य जिम्मा सुरक्षा निकायलाई दिएको छ। मतपेटिका राखिएको ठाउँमा क्याम्प बनाएर सुरक्षा निकायले २४ घन्टा विशेष सुरक्षा दिनेछ।

केही स्थानमा मतपेटिकाको सुरक्षाका लागि सिसि क्यामरा समेत जडान गरिएको र त्यसैले निगरानी गरिने आयोगले जनाएको छ।

‘मतपेटिकाको सुरक्षाका लागि निर्वाचन आयोगका कर्मचारी, स्थानीय प्रशासनलगायत दलका प्रतिनिधिहरुले पनि मतपत्र राखिएको स्थानमा पहरा दिनेछन्’ प्रवक्ता ढकालले भने।

मतगणना अघि मतपेटिका राखेको कोठा नखोलिने र मत गणनाको समयमा सर्वदलीय सहमतिमा लाहाछाप तोडी कोठा खोलेको मुचुल्का उठाउने व्यवस्था आयोगले गरेको छ। त्यस्तो मुचुल्कामा निर्वाचन अधिकृतले सहीछाप गरी उम्मेदवार, निर्वाचन प्रतिनिधि वा निजले अधिकार दिएको प्रतिनिधिसमेतको सहमति आयोगले गराउनेछ।

 

२२ गते देखि मतगणना
दोस्रो चरणको मतदान सकिएपछि निर्वाचन अधिकृतले तोकेको मतगणना स्थलमा मतपेटिका पुर्याएर २२ गतेदेखि दलका प्रतिनिधिले देख्नेगरी मतगणना गर्ने निर्वाचन आयोगले बताएको छ।

सुरक्षा र सुविधाको दृष्टिले उपयुक्त सरकारी कार्यालय वा सार्वजनिक भवनमा मतगणना हुने आयोगले जनाएको हो।

प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको लागि मतदान कार्य सम्पन्न भई मतपेटिका प्राप्त भए पछि मात्र मतगणना गर्नुपर्ने व्यवस्था छ।

तर कुनै मतदान केन्द्रमा पुनः मतदान हुने भएमा त्यसरी पुनः मतदान भएको मतदान केन्द्रको मतपेटिका मतगणनास्थलमा प्राप्त नभएसम्म अन्य मतदान केन्द्रको मतगणना कार्य शुरु गर्नु नहुने पनि आयोगले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्