मुख्य समाचार

दुर्गमका मतपेटिका हेलिकप्टर वाट ल्याईदै

By थाहा अनलाइन

November 27, 2017

सैघाली खबर

धादिङ , ११ मंसिर ।  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ अन्तर्गत धादिङका उत्तरी क्षेत्रहरूबाट हेलिकप्टरमा राखेर मतपेटिका सदरमुकाम ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाका अधिकांश मतदान केन्द्रहरूबाट हेलिकप्टरमा मतपेटिएका ल्याइएको हो। सोमबार दिनभर ४ फ्लाइट गरेर सडक सञ्जालले छुन नसकेको रुवीभ्याली गाउँपालिका र गंगाजमुना गाउँपालिकाबाट मतपेटिका सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाका अनुसार रुवीभ्याली गाउँपालिका र गंगाजमुना गाउँपालिका अन्तरगत पर्ने १७ वटा मतदान केन्द्रका ५१ वटा मतपेटिका हेलिकप्टरबाट ल्याइँदै छ। दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा १ नम्बर निर्वाचन क्षेत्रबाट राति ३ बजेसम्म लगाएर मतपेटिका सदरमुकाम ल्याइएको थियो।

२१ गतेबाट मात्रै मतगणना हुने भएकाले मतपेटिकालाई कडा सुरक्षाकाबीच राखिने प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए। ‘राजनीतिक दलका प्रतिनिधि बस्न चाहेको खण्डमा उनीहरूलाई पनि राखिन्छ, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको तीन घेरा सुरक्षाकाबीच मतपेटिकालाई सुरक्षा दिइने छ।’