दशवर्षमा देशबाट गरिवी हटाउँछौ –पोख्रेल




गोकर्ण पौडेल
दाङ, मंसिर ११ गते । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं दाङ क्षेत्रनम्वर २ (१) का प्रदेशसभाका उम्मेदवार शंकर पोख्रेलले अबको दशवर्षमा देशबाट गरिवी हटाएर शुन्यमा झार्ने बताउनुभएको छ । संयुक्त निर्वाचन परिचालन समिति क्षेत्रनम्वर १ ले गढवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पोख्रेलले गरिवी र बेरोजगारीले ग्रस्त मुलुकबाट गरिवी हटाएर समृद्ध मुलुक बनाउने बताउनुभयो । नेपाली जनताहरुको आयस्तर उठाउने अभियानमा गठबन्धन लागेको भन्दै पूर्व सूचना तथा सञ्चार मन्त्रीसमेत रहनुभएका पोख्रेलले दशवर्षमा प्रतिव्यक्ति आय १० हजार डलर पुर्याउने बताउनुभयो ।

लोकतन्त्रको रक्षाका लागि बाम गठबन्धन निर्माण गरिएको पोख्रेलको भनाई छ । बामपन्थीले नेतृत्व गर्दा दाङले विकासमा फड्को मारेको भन्दै पोख्रेलले बड्कापथ, प्रगन्ना सिचाई आयोजनाले देउखुरीमा कृषिक्रान्ति गरिदिएकाले गठबन्धनले अब राप्तीको कहरबाट देउखुरीबासीलाई मुक्ति दिने बताउनुभयो ।  निर्वाचन परिचालन समितिका संयोजक लुमबहादुर कार्कीको अध्यक्षतामा भएको थियो । कार्यक्रम अहिले पनि जारी छ ।

०००

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्