लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई विजयी गराउ गिरी




सैघाली खबर
दाङ,११ मंसिर  नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले लोकतन्त्रको रक्षाको लागि नेपाली काँग्रेसको विजयी गराउन आग्रह गर्नु भएको छ ।
गिरीले तुलसीपुर –३ को लाहुरे चौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसको नेतृत्वमा संविधान बनेकाले संविधानको कार्यान्वयन गराउँन काँग्रेसको नेतृत्वलाई बिजयी गराउँन आग्रह गर्नुभयो। अव बेरोजगार युवाहरुलाई देशमै स्वरोजगार गराउन, महिला शक्तिकरण गदै रोजगारी र प्राविधिक शिक्षा दिन तर्फ लाग्र्नु पर्छ,उहाँले भन्नुभयो । २०७० सालमा संविधान बनाउछौ भनेर जनतामाझ आयौं यस पटक देशको संमृद्धि र विकासका लागि भोट मागेका छौं त्यो पनि पुरा गर्नेछौं उहाँले भन्नुभयो ।

मतदान गर्न सिकाउदै खनाल
मतदान गर्ने मिति नजिकिदै गर्दा उम्मेदवारहरु मत आफ्नो पक्षमा पार्नका लागि लागि परेका छन् । उनीहरु कसरी आफ्नो पक्षमा पार्ने भनेर कसरतमा जुटेका हुन । उनीहरु मत माग्ने देखी मतदान गर्न पनि सिकाउने गरेका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसको तर्फबाट प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले मत बदर नहोस् भन्ने उदेश्यले मतदाताहरुलाई मतदान गर्न सिकाउदै घरदैलो पुगेका हुन ।मतदान गर्ने नागरिकको हकको सदुपयोग होस् भन्ने उद्धेश्यले पनि मतदाताहरुलाई मतदान गर्न आफूले सिकाउने गरेको खनालको भनाई छ । ‘मतदान कसरी गर्ने भन्ने कतिपयलाई थाहा नै छैन’ खनालले भने–‘त्यसैले मैले मतदान गर्ने तरिका घरदैलोमा पुगेको समयमा सिकाउने गरेको छु —उनले भने ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्