अब जित जनताको हुन्छ महरा



सैघाली खबर
दाङ, ११ मंसिर ।  उप–प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले अब जनताले जित्ने बताउनु भएको छ ।देउखुरीको गढवामा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै महराले मंसिर २१ गते हुने निर्वाचनले नेपाली जनताको जीत निश्चित भैसकेो वताउनु भएको हो । देशमा जनताको पार्टी भनेकै कम्युनिष्ट पार्टी भएको वताउँदै अब जित्ने पालो जनताको आएको वताउनुभयो ।

मुलुकको समृद्धिका लागि आफूहरुले स्पष्ट खाका लिएकाले आम जनता माझ आएको बताउँदै अब देश विकास गर्ने समय नलाग्ने वताउँनु भयो । देश र जनताको चाहनाका लागि सबै जनसमुदाय पार्टी भन्दा माथि उठेर समृद्धिको पक्षमा लाग्ने उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो । महराले प्रदेश नं पाँचको राजधानी दाङलाई बनाउनको लागि दाङका नौ वटै सिट वाम गठबन्धनका उम्मेदवारले जित्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । चुनाव लगत्तै दुई पार्टी एकता हुने भएकाले सबै नेता तथा कार्यकर्ताहरुलाई भावनात्मक रुपमा एकतावद्ध भएर अघि बढ्न निर्देशन गर्नुभयो ।एमाले र माओवादी केन्द्रको साझा घोषणापत्र मार्फत आफू देश निर्माणको खाका तयार पारेको उल्लेख गर्दे समृद्ध दाङ विकासका लागि आफु लाग्ने वताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्