हिंसा पिडित महिलाका पिडाः ‘धन्न बाँचेका छौ ’



समिक्षा गाहा
दाङ, ११ मंसिर । ‘मलाई, साँझ किन आउदो हो लाग्थ्यो । ’ श्रीमान जी साँझ परे नसाको मातमा आउने मरणासनन हुने गरी कुटने । त्यो दिन सम्झदा आज पनि आखाँवाट आशु खस्छन । भो मेरो त्यो घाउ कोट्याउन मन छैन । मलाई त्यो दिन सम्झे की मन गल्छ । भन्दै हिंसा फुर्सी परियारले गहमा आशु चुहाउदै कापिलो स्वरमा भन्नुभयो– ‘ ति दिनमा धन्न बाँचे , अहिले सम्म पनि बाँचेकी छु । ’

फोटोः सैघाली खबर‘ हिंसा पिडित महिलाहरु संगको सामुहिक तस्विर । ’

परिवारको छिछि..दुर..दुर.. र दिनरातको कुटाई सहन नसकेर घर छोडेको वर्षाै भयो । न अंशको कुरा उठेको छ । वंशको अधिकार पाउन सकेको छौ । परियारले भन्नुभयो– ‘न्यायका लागि मुद्दा लड्न लागेको वर्षाै भयो । न्याय अदालत धाउदैमा वर्षाै टरिगो । ’ अदालतमा धाउदा धाउदै कतिजोर चप्पल फाँटिसके, कति पैसा रित्तिसके अझै न्यायको आश मरेको छैन । आफुजस्तै हिंसा पिडित दिदि बहिनीहरुको सहयोगमा न्यायलय सम्म पुग्ने आट गरेर त्यहाँ सम्म पुगे ।

उतै उनीहरुको पक्ष बलियो हुदा मेरो मुद्दा वर्षाै देखी अल्झाई राखेको छ । न्यायलयमा आफ्नो पहुच नपुग्दला आफुले न्याय नपाएको बताउदै उहाँले भन्नुभयो– ‘हिंसामा परेकाहरु तिम्रो पनि विभेद सहनु पर्ने हो र ? ’ न्यायलय सम्म पुग्दा पनि आफ्ना पिडाको सुनुवाई नहुदा आफु अझै पिडित भएको उहाँले बताउनुभयो ।

क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे सन्डे क्लब दाङले लैगिक हिसा बिरुद्धको सो्रह दिने अभियानको अबसर पारेर सक्षमता तर्फ अग्रसर हिंसा प्रभाबित महिला बिषयक अन्तरक्रिया कार्यक्रम सक्षम महिला सामुदायीक सस्थाका हिंसा पिडित महिलाहरुले आफुहरु निकै संघर्ष र पिडाका साथ बाँचेको गुनासो गरेका छन ।

सानै उमेरमा बाबु आमाको कुरा लाई पन्छाउदै जीवनभरको मिठो सपना देखी उसै संगै विहे गरेर उसैकै घर भित्रिए । भित्रिएको २÷४ महिनामै श्रीमानको परिवारको वचनको तघारोमा पर्न सुरु गरे । परिवारले जे भने पनि श्रीमान छन भन्दै ४ वर्ष विताई वसे वच्चा पनि जन्मीयो । पछि परिवारले मात्रै होईन । श्रीमान पनि उही रुपमा उभिन थाले । घर छोडे जा.. अर्की विहे गर्छु भन्दै दिनरातको कुटाई सुरु भयो ।

नभन्दै उनले अर्की भित्र्याए । घर न घाटको विचमै पारेर अलपत्र पारेर छोड्यो भन्दै हिंसा पिडित चमेली चौधरीले पिडा पोख्नुभयो । अहिले सक्षम महिला सामुदायिक केन्द्रको भरमा वाँचेको छु । घरमा वाट निस्किदा न हातमा केही थियो । न गोजीमा नै केही थियो । आङको एकजोर लुगा बाहेको अरु केही थिईन । न्याय लागि ५ वर्षदेखी लड्दै आईरहदा सम्ममा पनि न्यायको पाउन सकेको छैन । पाउने आश पनि मरेको छैन । भन्दै चौधरीले भन्नुभयो‘ हामीले कहिले न्याय पाउछौ । ’ न्याय नपाई हामी मर्ने हो ।

डब्लु डब्लु जे कि अध्यक्ष सन्ध्या रेग्मीको सक्षम महिला सामुदायीक सस्थांकी अध्यक्ष रचना सुबेदीको प्रमुख आतिथ्यता र ओरेककी जिल्ला सयोजक तुलसा गिरीको बिशिष्ट आतिथ्यता एबं अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण डब्लु डब्लु जे की कोषाध्यक्ष रोशनी मल्ले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्