बन्दमा एम्बुलेन्सहरूको मनोमानी दोब्बर बढी भाडा तिर्न बाध्य बिरामी




काठमाण्डौँ, चैत्र २५
दाङ–सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि गरेको लकडाउनको समयमा अत्यावश्यक सेवाका साधनको रुपमा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामीबाट दोब्बर बढी भाडा असुल्ने गरेको पाईएको छ।

यसैबीच एक एम्बलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा लमहीबाट तुलसीपुरसम्मको भाडा ३५ सय रुपैयाँ हो । तर, त्यही दूरीमा दोब्बर बढी भाडा लिएको पाइएपछि एम्बुलेन्स कारबाहीमा परेको हो ।

लमहीदेखि तुल्सिपुर सम्म सात हजार रुपैयाँ बिरामीबाट भाडा लिने लमही स्थित कृपा पोलि क्लिनिक एण्ड मेडिकल हलको रा १ च ८२५ नम्बरको एम्बुलेन्सलाई दाङ प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा बुझाइएको ट्राफिक प्रमुख प्रेम रेग्मीले बताए ।

पछिल्लो समय देशका विभिन्न ठाउँहरूमा एम्बुलेन्सको पटक–पटक महङ्गो भाडा असुली गरेको ,तस्करीमा प्रयोग भएको, यात्रु ओसारपसार जस्ता अनेकौ अनावश्यक काममा प्रयोग गरि एम्बुलेन्सको दुरुपयोग समेत हुँदै आएको कुराहरू बाहिर आउने गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्