सैघाली खबर ।
दाङ,११ मंसिर । राष्ट्रिय जनमोर्चा निर्वाचन क्षेत्र नम्बर २ को तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १७ मानपुर का विभिन्न गाउँहरुमा घर दैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।घर दैलो को क्रमम प्रतिनिधि सभा सदस्य उम्मेदवार गणेश प्रसाद आचार्य ले लहडका आधारमा होइन राजनैतिक पार्टीहरु को बिगत उनिहरुले गरेका काम र मुद्दालाई हेरेर मात्र मतदान गर्नु पर्ने कुरा बताउनु भयो ।
घरदैलो कार्यक्रम मा प्रदेश सभा उम्मेदवार टीका बहादुर बि क प्रचार प्रसार समिती सदस्य सुशील पोख्रेल हरि खरेल रामप्रसाद पोख्रेल सिबलाल पौडेल देबिराम भण्डारी बेगम विष्ट बासुदेद पौडेल नारायण अर्याल रेग बहादुर बि. क. चन्द्र थापा लगायत का नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।