लकडाउन उलङ्घन गर्दा दाङका प्रहरीले गरे कमाल अङ्कुसमा मान्छे तान्दै



कोरोना भाईरस (कोभिड-१९) संक्रमण फैलिन नदिन तथा रोकथामको लागी जिल्ला प्रशासन कार्यालय दाङले जारी गरको सुचनाको अवेज्ञा गरी प्रयोग गरीएका साधनहरु र ब्यक्तिहरु प्रहरीले नियन्त्रणमा लिएका छन् । लकडाउन कडिकडाउका साथ नेपालमा लागू गरिएको छ ।

तर लकडाउनको बेला नियम उल्ङ्घन गर्ने सवारी साधन र ब्यक्तिलाई प्रहरीले नियन्त्रण भने लिइरहेको छ। दाङमा आज ट्याक्टर ३, ट्रक २ ,अटो ३,स्कुटर ९ , मो.सा.४८ (जम्मा ६५) सवारी साधन प्रहरीको नियन्त्रणमा परेका छन् ।

साथै,लक डाउनको उलङ्घन गरी हिडडुल गर्ने ५९ जना व्यक्तिहरू( ५४ पुरूष र ५ महिला)लाई होल्डमा राखि सम्झाई बुझाई गरी छोडीएको छ । लक डाउन कोरोना भाईरस (कोभिड-१९) प्रसार रोक्नको लागी अत्यन्तै जरूरी एवं आवश्यक भएकोले लक डाउन अवधिभरको लागी जारी गरीएको सुचनाको पालना गरिदिन हुन हार्दिक अनुरोध दाङ जिल्ला प्रहरी कार्यलयले अनुरोध गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्