२४१० स्थानमा मतपेटिका सदरमुकाममा



सैघाली खबर
काठमाण्डौ, ११ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा मङ्सिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ४ सय १० मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार ४० वटा मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी छ । अन्य बाँकी ४६७ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्