दाङमा नक्कली पत्रकार प-क्राउ




काठमाण्डौँ, चैत्र २६
दाङ- लकडाउनका बेला नक्कली पत्रकार बनेर मोटरसाइकल चलाउने एक जनालाई बुधबार प्रहरीले दाङको तुलसीपुरबाट पक्राउ गरेको छ ।

तुलसीपुर उप-महानगरपालिका ६, हात्तीखौवा खण्डमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा तुलसीपुर १७ का २८ वर्षीय मेघराज सुनार बा.८७प १००६ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका हुन् ।

जाँच गर्ने क्रममा उनले पत्रकार हुँ भन्दै फोटोसहितको परिचयपत्र देखाएपछि त्यस सम्बन्धमा बुझ्दा उनले अर्कै व्यक्तिको परिचयपत्र बोकेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्